कीवर्डहरू -

कार्यक्रम

नेपाल टेक रोडशो यूएसए २०२६ सम्पन्न, नेपालको आईटी क्षमता विश्वसामु प्रस्तुत

काठमाडौं । अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ ले नेपालको बढ्दो प्रविधि उद्योग र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमतामाथि अन्तर्राष्ट्रिय चासो बढाएको छ ।

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज (NAS-IT) र नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्स (NACOC) को सहकार्यमा आयोजना गरिएको कार्यक्रमको उद्देश्य नेपाललाई उदीयमान प्रविधि गन्तव्यका रूपमा विश्वसामु स्थापित गर्नु रहेको थियो ।

कार्यक्रम अमेरिकाको डेलासस्थित एम्बेसी सुइट्स बाई हिल्टन ग्रेपवाइनमामा आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल र अमेरिकाका प्रविधि उद्यमी, लगानीकर्ता, व्यवसायी, नीति निर्माता तथा डायस्पोरा प्रोफेसनलहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

रोडशोमा वक्ताहरूले नेपालको द्रुत रूपमा विस्तार भइरहेको सफ्टवेयर तथा आईटी सेवा क्षेत्र, दक्ष इन्जिनियरिङ जनशक्ति, स्टार्टअप इकोसिस्टम, आउटसोर्सिङ क्षमता तथा आईटी निर्यातको सम्भावनाबारे चर्चा गरेका थिए ।

कार्यक्रममा नासआईटीका संस्थापक अध्यक्ष रिचन श्रेष्ठ, लिपफ्रगका संस्थापक हिमाल कर्माचार्य तथा हाम्रो पात्रोका शंकर उप्रेतीले नेपालको डिजिटल रूपान्तरण र प्रविधि क्षेत्रमा देखिएका अवसरहरू शेयर गरेका थिए ।

हाल नेपालमा २ हजारभन्दा बढी प्रविधि कम्पनी, १ लाखभन्दा बढी टेक प्रोफेसनल तथा वार्षिक करिब १ अर्ब अमेरिकी डलर बराबरको आईटी निर्यात रहेको छ । पछिल्ला वर्षहरूमा नेपालको टेक क्षेत्रमा भएको प्रगतिले धेरै डायस्पोरा सदस्यलाई समेत आश्चर्यचकित बनाएको सहभागीहरूले बताएका छन् ।

नास आईटीले यसअघि सम्पन्न ‘नेपाल टेक रोडशो सिड्नी २०२५’ तथा ‘नेपाल टेक कनेक्ट सान फ्रान्सिस्को’ पछि यूएसए रोडशोले नेपालको अन्तर्राष्ट्रिय प्रविधि उपस्थितिलाई थप मजबुत बनाएको जनाएको छ । साथै, कार्यक्रमले सहकार्य, लगानी, आउटसोर्सिङ साझेदारी तथा डायस्पोरा सहभागिताका नयाँ अवसर सिर्जना गरेको आयोजकको दाबी छ ।

संस्थाका अनुसार यस्ता प्रवर्द्धनात्मक कार्यक्रमहरूले नेपाललाई केवल पर्यटन गन्तव्यका रूपमा मात्र नभई प्रविधि, नवप्रवर्तन र डिजिटल रूपान्तरणको उदीयमान केन्द्रका रूपमा विश्वसामु प्रस्तुत गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

अमेरिकाको डेक्सपर्ट्स इंकको प्रमुख सहकार्यमा आयोजना भएको रोडशो कार्यक्रममा एशोशिएट पार्टनरको नेप्लिज अमेरिकन चेम्बर अफ कमर्स लगायत फोकस हेल्थ, फ्युजमेसिन्स, ग्लोबल आईएमई बैंक लगायतको सहकार्य रहेको थियो ।

कार्यक्रम

'ब्रदर मिट एण्ड ग्रीट' कार्यक्रम सम्पन्न, उद्योगिक नेटवर्किङ र खुला संवादलाई प्रोत्साहन

काठमाडौं । ब्रदरले सागर ग्रुपसँगको सहकार्यमा २०२६ मे ६ तारिखमा Elevate Lounge मा “Brother Meet & Gr…

परम्परा र आधुनिकताको संगम : प्रतिभा नक्षत्र ७ ले विश्व जोड्दै

काठमाडौं । प्रवासी नेपाली समुदाय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चलाई लक्षित गर्दै “प्रतिभा नक्षत्र &ndash…

सृजनशील सोचको प्रतिस्पर्धा : ख्वापा कलेजमा हल्ट प्राइज सफल

काठमाडौं । ख्वापा इन्जिनियरिङ कलेज (KhEC) मा हल्ट प्राइज २०२५/२६ को ग्राण्ड फिनाले कार्यक्रम सम्पन्न भएको छ । ब्ल…

काठमाडौं युनिभर्सिटीमा ईपेक्स कार्यक्रम सुरु

काठमाडौं । काठमाडौं युनिभर्सिटीमा EEPEX कार्यक्रम सुरु भएको छ । यो कार्यक्रमलाई प्रविधि, इनोभेसन र इन्जिनियरि…

कोशी प्रदेशबाट १३ स्टार्टअप बीआइएस २०२६ मा छनोट

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले सञ्चालन गर्ने बिजनेस इन्क्युबेसन सर्भिस (BIS) कार्यक्रम २०२६ अन्तर्गत बागमती…

बागमती प्रदेशबाट १४ स्टार्टअप बीआइएस २०२६ मा छनोट

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले सञ्चालन गर्ने बिजनेस इन्क्युबेसन सर्भिस (BIS) कार्यक्रम २०२६ अन्तर्गत बागमती प्रदेशबाट छनोट भएका टोलीहरू…

सरकार-निजी क्षेत्र एउटै मञ्चमा : बजेटअघि आईसीटी डिस्कोर्स आयोजना हुँदै

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालको आयोजनामा 'प्रि-बजेट आईसीटी डिस्कोर्स २०८३' बिहिबार (३० अप्रिल २…

आईटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६ आयोजना हुँदै

नेपाली युवालाई प्रविधि र नवप्रवर्तनमार्फत सशक्त बनाउने उद्देश्यसहित आइसिटी फ्रेमले टेक-एक्ससँगको सहकार्य तथा टेक ब्लगर्स एसोसिएसन अ…

माघ १६ गतेदेखि तीनदिने प्रविधि महोत्सव लोकस आयोजना हुँदै, यस्ता छन् मुख्य आकर्षण

विद्यार्थीहरूले आयोजना गर्ने राष्ट्रिय प्रविधि महोत्सव लोकस (LOCUS) २०…

वर्डक्याम्प नेपाल २०२६ बुटवलमा हुँदै

वर्डप्रेस समुदायको विश्वव्यापी पहिचान बोकेको महत्वपूर्ण कार्यक्रम वर्डक्याम्प नेपाल २०२६ आगामी जनवरी २३ र २४, २०२६ मा बुटवलको मणिग्…

शनिबारदेखि पूर्वाञ्चल क्याम्पसमा बृहत् प्राविधिक महोत्सव ‘तरङ्ग’ हुँदै

धरानस्थित त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतको पूर्वाञ्चल क्याम्पसमा पुस २६ देखि २८ गतेसम्म बृहत् प्राव…

युवाका लागि इन्टरनेट गभर्नेन्स र आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल २०२५’ सम्पन्न

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा आयोजित एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२५ सम्पन्…

हार्डवेयर फेलोशिप आयोजना गर्दै लोकस, व्यवहारिक सिकाइमा केन्द्रित

हार्डवेयर, इलेक्ट्रोनिक्स र एम्बेडेड सिस्टममा रुचि राख्ने विद्यार्थी तथा प्रविधि उत्साहीहरूका लागि लोकसले प्रि-इभेन्टको रूपमा हार्डवे…

लोकसले प्रि-इभेन्टको रूपमा ह्याक अ विक गर्दै, यसरी हुनुहोस् सहभागी

प्रविधि तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित लोकसले ‘ह्याक अ विक २०२६’ आयोजना गर्ने भएको छ। लोकसको प्रि-ईभे…

इन्ड्राइभ आइसिटी अवार्ड २०२५ सम्पन्न, १७ विधामा प्रविधि क्षेत्रका स्टार्टअप, संस्था र व्यक्तित्वहरू सम्मानित

दशौं संस्करणको रुपमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टि…