कीवर्डहरू -

Latest news

नाइमा मोबिलिटी एक्स्पोमा ईभी ‘आर्कफक्स टी१’ सार्वजनिक

काठमाडौं । ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को पाँचौँ दिन बहुप्रतीक्षित प्रिमियम फेमिली क्रसओभर ईभी ‘आर्कफक्स टी१’ (ARCFOX T1) नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक भएको छ । यो ईभीमा नेपालका सहरी सडक तथा विविध ड्राइभिङ अवस्थालाई सुहाउने इन्टेलिजेन्ट प्रविधि, आरामदायी क्याबिन र व्यावहारिक कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको छ ।

ARCFOX T1 को मुख्य विशेषता अटोमेटिक पार्किङ असिस्टेन्स सिस्टम हो, जसले समानान्तर र ठाडो पार्किङ गर्नका साथै सुरक्षित रूपमा बाहिर निकाल्न मद्दत गर्छ । ३६० डिग्री अराउन्ड भ्यू मोनिटर, न्यारो रोड असिस्टेन्स, रिभर्स पाथ ट्रेस तथा अगाडि र पछाडिका पार्किङ सेन्सरले काठमाडौंका साँघुरा सडक र सीमित पार्किङ क्षेत्रमा चालकलाई थप सहजता प्रदान गर्छन् ।

T1 मा ७० किलोवाटको विद्युतीय मोटर जडान गरिएको छ, जसले १७० एनएम टर्क उत्पादन गर्छ । यसमा रहेको ४२.३ किलोवाट आवर क्षमताको CALB लिथियम आइरन फस्फेट ब्याट्रीले एकपटकको पूर्ण चार्जमा ३१० किलोमिटरसम्मको WLTP रेन्ज दिन्छ । डीसी फास्ट चार्जरबाट करिब २५ मिनेटमै ब्याट्री ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

१८१ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स भएकाले यो गाडी नेपालका स्पिड ब्रेकर तथा असमान सडकका लागि उपयुक्त छ । यसमा इको, स्पोर्ट, कम्फर्ट र पर्सनलाइज्ड गरी चार ड्राइभिङ मोडहरू छन् । सुरक्षाका लागि लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) र १ हजार ५ सय मेगापास्कल क्षमताको उच्च शक्ति युक्त स्टिल प्रयोग गरिएको छ ।

T1 मा २ हजार ७ सय ५० एमएमको ह्विलबेस, १५.६ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, डुअल-जोन भ्वाइस रिकग्निसन र तातो-चिसो बनाउन मिल्ने अगाडिका सिटहरू उपलब्ध छन् । पछाडिका सिट २८ डिग्रीसम्म ढल्काउन सकिन्छ भने सिट फोल्ड गर्दा १ हजार ३ सय ५२ लिटरसम्मको लगेज क्षमता प्राप्त हुन्छ ।

उन्नत प्रविधि, सुरक्षा र प्रिमियम आरामको उत्कृष्ट संगम ARCFOX T1 अहिले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सर्वसाधारणका लागि प्रदर्शनमा राखिएको छ ।

Latest news

आईपीओ भर्दा चाहिने सीआरएन बिर्सनुभयो ? यसरी सजिलै थाहा पाउनुहोस्

काठमाडौं । तपाईं सेयर कारोबार गर्नुहुन्छ र नियमित रूपमा आईपीओ भर्नुहुन्छ भने सीआरएन (CRN) नम्बरका बारेमा पक्…

वाइफाइ ढिलो चलिरहेको छ ? स्पिड बढाउन अपनाउनुहोस् यी सजिला उपाय

काठमाडौं । टिभी, ल्यापटप, मोबाइल, स्मार्ट स्पिकरसहित धेरै डिभाइस एउटै वाइफाइ नेटवर्कमा जोडिँदा इन्टरनेटको गत…

बेटिङदेखि अश्लील सामाग्रीसम्म : गैरकानुनी साइट रोक्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा प्रतिबन्धित अनलाइन प्लेटफर्ममाथि पहुँच रोक्न इन्टरनेट तथा मोबाइ…

नेपालदेखि न्यूयोर्कसम्म : सिलु मानन्धरले डिजिटल हेल्थ टेकमा बनाउँदैछिन् नयाँ पहिचान

काठमाडौं । काठमाडौंमा हुर्किएकी सिलु मानन्धरले पर्यटन व्यवसायबाट सुरु गरेको आफ्नो करियरलाई प्रविधि र डिजिटल …

सरकार डिजिटल बन्दै, सफ्टवेयर भने पायरेटेड : स्थानीय तहको अध्ययनले खोल्यो वास्तविकता

काठमाडौं । नेपालका स्थानीय तहमा प्रयोग भइरहेका कम्प्युटर प्रणालीको डिजिटल सुरक्षा र सफ्टवेयर कानुनी अनुपालनमा…

ट्रुकलरले अज्ञात नम्बरको नाम कसरी पत्ता लगाउँछ ? यस्तो छ रहस्य

काठमाडौं । अपरिचित नम्बरबाट फोन आउँदा त्यसको विवरण पत्ता लगाउन धेरैले ‘ट्रुकलर’ प्रयोग गर्छन् । फ…

गुगलले ल्यायो नयाँ सुविधा : अब एआई फोटो भिडियोमा देखिने वाटरमार्क हटाउन सकिने

काठमाडौं । गुगलले एआईबाट तयार पारिएका तस्बिर तथा भिडियोमा देखिने वाटरमार्क हटाउन सकिने सुविधा ल्याउने भएक…

नाइमा एक्स्पोको क्रेज : पाँच दिनमै डेढ लाखभन्दा बढीको उपस्थिति

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ साउन ३१ गते आइतब…

स्मार्टफोनमा बढ्दैछ सिलिकन कार्बन ब्याट्री, के छन् फाइदा र बेफाइदा ?

काठमाडौं । स्मार्टफोनमा लामो समय टिक्ने ब्याट्रीको माग बढेसँगै पछिल्लो समय ‘सिलिकन कार्बन ब्याट्री’…

त्रिविको ‘फास्ट ट्र्याक’ नतिजा : बीआईटीको रिजल्ट ११ घण्टामै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले २०८३ सालका लागि सञ्चालन गरेको स्नातक तह…

नेपालमै बन्यो ‘यात्री पीटू’, अर्थमन्त्री वाग्लेले भने- 'सरकार तपाईंहरूको साथमा छ'

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन तथा निर्माण भएका विद्युतीय सवारी साधनको प्रवर्द्धन र …

फेसबुकले ल्यायो एआईसहितको ‘क्रिएटर स्टुडियो’ एप, क्रिएटरलाई मिल्नेछन् यस्ता सुविधा

काठमाडौं । फेसबुकले कन्टेन्ट क्रिएटरका लागि एआईमा आधारित नयाँ ‘क्रिएटर स्टुडियो’ एप सार्वजनिक गर…

स्वास्थ्य बीमाका सेवा अब अनलाइनबाटै, नयाँ आबद्धता र नवीकरणका लागि एचआईबी ई-पोर्टल सञ्चालन

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्धता, बीमालेख नवीकरण र केवाईसी विवरण अद्यावधिक गर्…

सार्वजनिक हुनुअघि सरकारी सिस्टमको सुरक्षा परीक्षण, इथिकल ह्याकरले ह्याक गर्ने

काठमाडौं । सरकारी डिजिटल प्रणालीमा हुन सक्ने साइबर जोखिम पहिचान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयक…

गण्डकीमा रेडियो र टेलिभिजनको दर्ता नवीकरण अब अनलाइनबाटै

पोखरा । गण्डकी प्रदेशमा सञ्चालित रेडियो तथा टेलिभिजनको दर्ता र नवीकरण प्रक्रिया अब अनलाइनबाटै गर्न सकिने भएको…