कीवर्डहरू -

फिनटेक

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार गरेको छ । लगानी सेवालाई अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

यही वैशाख ३१ गते नबिल बैंक लिमिटेड र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबीच भएको समझदारीसँगै यो सुविधा सुरु भएको हो । समझदारी पत्रमा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए ।

एउटै प्लेटफर्मबाट सम्पूर्ण वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले एनबैंकमार्फत उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार एकीकृत लगानी सेवा सुरु भएसँगै नबिल बैंकका ग्राहकहरू अब ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान’ (एसआइपी) मा दर्ता हुन र किस्ता भुक्तानी गर्ने काम मोबाइबाटै गर्न सकिने छ ।

एनबैंकका प्रयोगकर्ताहरूले एनबैंकको होमपेजमा गई ‘इन्भेस्टमेन्ट, एसआइपी, टीएमएस’ आइकनमा क्लिक गरी एसआइपीमा दर्ता हुन र भुक्तानी गर्न सक्नेछन् । यस सुविधा प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने बैंकले जनाएको छ ।

“ग्राहकलाई लगानी गर्नका लागि सरल, पहुँचयोग्य र पूर्ण रूपमा डिजिटल सेवा प्रदान गर्नु नै बैंकको उद्देश्य हो,” बैंकका नायब प्रमुख बजगाईंले बताए । “एनबैंकमा यो सुविधा थपिएसँगै ग्राहकलाई लगानीतर्फ आकर्षित गर्ने विश्वास लिएका छौं ।”

उक्त सेवामार्फत विदेशमा रहेका नेपालीले पनि नेपालको वित्तीय बजारमा सहज रूपमा सहभागी हुन र आर्थिक रूपमा जोडिन पाउने बैंकको भनाइ छ । विस्तारीत सुविधासँगै एनबैंकले आफ्ना डिजिटल सेवाहरुलाई निरन्तर सुधार गर्दै सेवाग्राहीहरुलाई एकिकृत प्लेटफर्ममार्फत वित्तिय सेवा थप विस्तार गर्दै लैजाने बैंकले जनाएको छ ।

नबिल बैंकले देशभर २६६ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको तथा आफ्ना सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास राखेको छ ।

चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।

फिनटेक

नबिल बैंकको ‘एनबैंक’ थप स्मार्ट, एउटै प्लेटफर्मबाट बैंकिङ र लगानी सेवा

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा व…

स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पक्राउ

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डे ठगी तथा…

खल्तीको ‘सुपरवालेट’ सुविधा सार्वजनिक, वालेटमै ब्याज पाइने

काठमाडौं । आइएमई खल्तीले आफ्ना सम्पूर्ण प्रयोगकर्ताका लागि ‘सुपरवालेट’ सुविधा सार्वजनिक गरेको छ ।…

ग्राहकमैत्री डिजिटल सेवाका लागि ग्लोबल आईएमई बैंक सम्मानित

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडलाई “बेष्ट म्यानेज्ड बैंक इन डिजिटल बैंकिङ ग्रोथ २०२६” अवार्…

क्लाउड माइथोसजस्ता एआई मोडेलले विश्व वित्तीय प्रणालीमै खतरा निम्त्याउन सक्ने भन्दै आईएमएफको चेतावनी

काठमाडौं । इन्टरनेशनल मोनेटरी फन्ड (आईएमएफ)ले क्लाउड माइथोसजस्ता एआई मोडेलहरू ग्लोबल फाइनेंस सिस्टमका ल…

चीनको अदालतको ऐतिहासिक फैसला: एआईले प्रतिस्थापन गर्नका लागि कर्मचारी निकाल्न नपाइने

काठमाडौं । चीनको एक अदालतले कम्पनीहरूले कर्मचारीहरूलाई केवल आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीले प्रतिस्थाप…

राष्ट्रिय वाणिज्य बैंक ‘नेसनल कार्ड स्विच’ र ‘नेपालपे कार्ड’मा आबद्ध

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबिच ‘नेसनल कार्ड स्विच ‘नेपा…

कर प्रणाली सहज बनाउन एनआईसी एशिया बैंकको सूचना : प्यान र ईमेल अपडेट अनिवार्य

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न अनुर…

सरकारी कार्यालयमा विद्युतीय हाजिरी प्रणाली अनिवार्य

काठमाडौं । सरकारले देशभरका सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा …

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो क्यूआर भुक्तानी सेवामा अन्तर्राष्ट्रिय विस्तार गर्दै नयाँ सुविधा सुरु गर…

नेपाल लाइफको विशेष योजना : ३० दिनका लागि विलम्ब शुल्क पूर्ण छुट

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा व्यतीत बीमा लेखहरूको पु…

राष्ट्र बैंकको नयाँ नियम : एटीएमबाट पैसा निकाल्ने सीमा घट्यो, अब कति झिक्न पाइन्छ ?

 काठमाडौं । नगद कारोबारमा निर्भरता घटाउँदै डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपा…

सिटीपे र छिटो पैसा बीच ऐतिहासिक मर्जर अन्तिम चरणमा, वैशाख २ लाई माइग्रेसन डेट तोकियो

नेपालको फिनटेक क्षेत्रलाई थप सबल र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ सिटी वालेट प्रा. लि. (सिटीपे) र छिटो पैसा प्रा. लि. बिचको …

एससीटी र सिटी टेकबीच साझेदारी, एउटै पीओएसबाट बहु–कार्ड र स्मार्ट क्यूआर भुक्तानी सुविधा

नेपालको डिजिटल भुक्तानी क्षेत्रलाई अझ सुदृढ र आधुनिक बनाउने उद्देश्यले स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र सिटी टेक ग्रुप प्रा. ल…

इसेवासँगको सहकार्यमा नेपाल लाइफले ल्यायो टर्म लाइफ इन्स्योरेन्स, वार्षिक ७२५ रूपैयाँबाट सुरु हुने

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इसेवासँ…