शिक्षा
पोखरा विश्वविद्यालयको बजेट १ अर्ब ७५ करोड, डिजिटल रूपान्तरण र रोजगारमुखी शिक्षामा जोड
काठमाडौं । पोखरा विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७५ करोड ८० लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ । विश्वविद्यालयको २६ औँ साधारणसभाले बजेटसँगै आगामी वर्षका नीति तथा कार्यक्रम समेत सर्वसम्मत पारित गरेको हो ।
पोखरा ३०, ढुङ्गेपाटनस्थित केन्द्रीय कार्यालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको साधारणसभाले उपकुलपति प्रा. डा. देवेन्द्र अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र रजिस्ट्रार प्रा. डा. निर्मला जमरकट्टेलले पेस गरेको बजेट अनुमोदन गरेको हो ।
विश्वविद्यालयले आगामी वर्ष शैक्षिक गुणस्तर सुधार, अनुसन्धान तथा नवप्रवर्तन, डिजिटल रूपान्तरण, पूर्वाधार विकास र रोजगारमुखी शैक्षिक कार्यक्रमलाई प्राथमिकतामा राख्ने भएको छ । नयाँ नीति तथा कार्यक्रममार्फत शैक्षिकसँगै प्रशासनिक प्रणालीलाई समेत थप व्यवस्थित बनाउने लक्ष्य लिइएको छ ।
साधारणसभाले विश्वविद्यालयको विद्यमान नियमावलीमा आवश्यक संशोधन गर्दै मानविकी तथा सामाजिक शास्त्र सङ्कायलाई पुनर्गठन गर्ने निर्णय समेत गरेको छ । अब उक्त सङ्कायको नाम ‘मानविकी, सामाजिकशास्त्र तथा कानुन सङ्काय’ रहनेछ ।
यसैगरी, ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसलाई पोखरा विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा विस्तार गर्ने निर्णयलाई सभाले अनुमोदन गरेको छ ।
बीई मेकानिकल, बीआइसीए, बीबीए फाइनान्सलगायत विभिन्न कार्यक्रमको उपाधि निर्धारण तथा विशेष मौका परीक्षा सञ्चालन गर्नेसम्बन्धी प्रस्तावसमेत स्वीकृत गरिएको छ ।
सभालाई सम्बोधन गर्दै सहकुलपति पोखरेलले विश्वविद्यालयहरूले आफ्ना विशिष्टता र सम्भावनाका आधारमा छुट्टै पहिचान बनाउनुपर्ने बताए । पोखरा विश्वविद्यालयले गण्डकी प्रदेशको सम्भावनालाई ध्यानमा राख्दै साहसिक पर्यटनलगायत नयाँ क्षेत्रमा शैक्षिक कार्यक्रम विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।
उनले विश्वविद्यालय प्रशासनलाई परीक्षा तथा नतिजा समयमै प्रकाशन गर्न, छात्रवृत्ति वितरणमा पारदर्शिता कायम गर्न र विद्यार्थीबाट लिइने शुल्कअनुसार प्रयोगशाला, पुस्तकालयलगायत आवश्यक शैक्षिक सुविधा उपलब्ध गराउन निर्देशन दिए ।
विश्वविद्यालयले आगामी वर्ष डिजिटल सेवाको विस्तारसँगै अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा श्रम बजारको आवश्यकता सम्बोधन गर्ने शैक्षिक कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ । यसबाट विश्वविद्यालयको शिक्षा प्रणालीलाई थप रोजगारमुखी र प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ ।
शिक्षा
त्रिविको ५२ औँ दीक्षान्तका लागि अनलाइन आवेदन खुला
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५२ औँ दीक्षान्त समारोहमा सहभागी हुन इच्छुक योग्य विद्यार्थीले असोज…
पाठ्यक्रममा एआईदेखि उद्यमशीलतासम्म, सातै प्रदेशबाट आयो यस्तो सुझाव
काठमाडौं । राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा गरिएको सरोकारवालाको छलफलबाट पाठ्यभ…
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने मन्त्रीहरुसँग छलफल गरेका छन् ।…
बाढी प्रभावित विद्यालयमा विद्यार्थीको मानसिक अवस्था बुझेर मात्रै कक्षा सञ्चालन गर्न शिक्षा विभागको निर्देशन
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित विद्यालयहरूमा नियमित पठनपाठन सञ्चालन गर्नुअ…
शिक्षा क्षेत्रको डिजिटल रूपान्तरणतर्फ बूढानीलकण्ठ नगरपालिका, जिआइएस प्रणाली हस्तान्तरण
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित शैक्षिक सूच…
भोटेकोशी बाढी प्रभावित विद्यार्थीका लागि एक अर्बको छात्रवृत्ति योजना घोषणा
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन सरकारले करिब एक अर्ब रुपैयाँबराबरक…
त्रिवि उपकुलपति थापाको सल्लाहकारमा डा. ज्योति तण्डुकार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाको सल्लाहकारमा पुल्चोक क्याम्पसका सहप्राध्यापक डा…
काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त
काठमाडौं । काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्या…
भोटेकोशी बाढीपछि मध्यपश्चिम विश्वविद्यालयका स्नातक तहका परीक्षा स्थगित
सुर्खेत । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि देशका विभिन्न क्षेत्रमा उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै मध्यप…
भोटेकोशी बाढीको प्रभावपछि पोखरा विश्वविद्यालयका स्नातक तहका परीक्षा स्थगित
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै पोखरा विश्वविद्यालयले स्नातक तह…
एनओसी प्रक्रिया अनलाइनमै, विद्यार्थीलाई कार्यालय बोलाउने कन्सल्टेन्सी कारबाहीमा पर्ने
काठमाडौं । वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन विद्यार्थीलाई अनावश्…
भविष्यका इनोभेटर विकास गर्दै टेक एआई कलेज
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित टेक एआई कलेज अफ म्यानेजमेन्ट एन्ड ल प्रविधि, कृत्रिम…
आर्यन स्कूल अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट : प्रविधि, इन्जिनियरिङ र व्यावसायिक शिक्षाको केन्द्र
काठमाडौंको मध्य बानेश्वरस्थित आर्यन स्कूल अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट (Aryan School of Engineering and Management–ASE…
बीएमसीका विद्यार्थीको उत्कृष्ट क्याम्ब्रिज नतिजा, ७ जनाले ए स्टार र ३३ जनाले ए ग्रेड ल्याए
काठमाडौं । ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गतको तथा द ब्रिटिश कलेजको भगिनी संस्था ब्रिटिश मोडल कलेज (बीएमसी) का वि…
प्रविधि, इन्जिनियरिङ र व्यवस्थापन शिक्षाको व्यावहारिक गन्तव्य बन्दै कलेज अफ इन्फरमेसन टेक्नोलोजी एण्ड इञ्जिनियरिङ
काठमाडौं । सूचना प्रविधि (आईटी), इन्जिनियरिङ र व्यवस्थापन क्षेत्रका दक्ष जनशक्तिको माग तीव्र रूपमा बढिरहेको वर्तमान समयमा गुणस्तरी…