दूरसंचार
साझा टावर, सस्तो इन्टरनेट : डिजिटल खाडल घटाउने उपाय
काठमाडौं । नेपालमा इन्टरनेटको पहुँच विस्तार हुँदै गएको देखिए पनि त्यो विस्तार सबैका लागि समान छैन । काठमाडौंमा तीव्र गतिको मोबाइल डेटा सामान्यजस्तै लाग्छ, तर डोल्पा, बझाङ वा हुम्लाका कतिपय बस्तीमा अझै फोनमा एक सिग्नल भेट्टाउन उकालो चढ्नुपर्ने अवस्था छ । डिजिटल युगको यो विडम्बना हो; सञ्जाल छ, तर सबैका लागि उपलब्ध छैन ।
दुर्गम भूगोल, कमजोर पूर्वाधार र सीमित लगानीले बाँधिएको नेपालजस्ता देशका लागि इन्टरनेट पहुँचको प्रश्न अब केवल प्रविधिको होइन, समावेशी विकासको पनि प्रश्न बनेको छ ।

एक अर्बभन्दा बढी मानिस अझै अफलाइन
सन् २०२५ जुलाईमा प्रकाशित एक महत्त्वपूर्ण अनुसन्धान-पत्र; “द इम्प्याक्ट अफ सेयर्ड टेलिकम इन्फ्रास्ट्रक्चर अन डिजिटल कनेक्टिभिटी एन्ड इन्क्लुजन”ले विश्वव्यापी डिजिटल खाडल र टावर साझेदारीको प्रभावकारिताबारे ठोस तथ्याङ्क प्रस्तुत गरेको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी), स्ट्यानफोर्ड विश्वविद्यालय र टुलुज स्कूल अफ इकोनोमिक्सका अनुसन्धानकर्ताहरूद्वारा गरिएको यो अध्ययनले २८ न्यून–आय भएका देशहरूमा सन् २००८ देखि २०२० बीच भएका १०७ टावर–साझेदारी सम्झौताहरूको विश्लेषण गरेको छ ।
अध्ययनले अर्को महत्त्वपूर्ण तथ्य पनि उजागर गरेको छ: टावर साझेदारीले खुद्रा बजारमा प्रतिस्पर्धा बढाउँछ । हर्फिन्डाल–हिर्सम्यान सूचकाङ्क (बजार एकाग्रता मापन गर्ने मापक) ले ५.३ प्रतिशतको गिरावट देखायो । अर्थात्, टावर साझेदारीले ठूला र साना दूरसञ्चार कम्पनीहरूबीचको खेलमैदान समतल बनाउँछ, नयाँ प्रवेशकर्ताहरूलाई बजारमा आउन सहज बनाउँछ ।
अध्ययनअनुसार १,००० भन्दा बढी टावर समावेश भएको साझेदारी सम्झौतापछि दुई वर्षमै मोबाइल सेवाको मूल्य उल्लेखनीय रूपमा घटेको छ । डेटा मूल्य प्रति गिगाबाइट औसत एक डलरले कम भएको छ । ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच ४.७ प्रतिशत बिन्दुले बढेको छ भने महिला-प्रधान परिवारमा ३.६ प्रतिशतको वृद्धि देखिएको छ । त्यति मात्र होइन, बजार प्रतिस्पर्धा पनि बढेको छ, जसले साना कम्पनीहरूलाई सेवा बजारमा प्रवेश गर्न सहज बनाएको छ ।
इन्टरनेट अहिले केवल प्रविधि होइन; शिक्षा, स्वास्थ्य, रोजगारी र प्रशासनसँग जोडिएको आधारभूत सेवा बनिसकेको छ ।
नेपालले टावर साझेदारीको अवधारणा नयाँ रूपमा सुनेको होइन । सरकारले २०१५ मै पूर्वाधार साझेदारी निर्देशिका ल्याएको थियो । ७ मिटरभन्दा अग्ला टावर दुई वा बढी सेवा प्रदायकले साझा गर्नुपर्ने व्यवस्था पनि राखियो । तर एक दशक बित्दा पनि अधिकांश टावरहरू छुट्टाछुट्टै सञ्चालन भइरहेका छन् । कतिपय संरचना नियामकीय दायराबाट बाहिर रहने गरी बनाइएका छन् भन्ने आरोप छ ।
नेपालको मोबाइल बजार मुख्यतः दुई कम्पनीको नियन्त्रणमा छ, नेपाल टेलिकम (एनटिसी) र निजी क्षेत्रको एनसेल । दुवैले आ-आफ्ना हजारौं टावर सञ्चालन गरिरहेका छन् । एउटै ठाउँमा दुई अलग टावर देखिनु अहिले पनि असामान्य दृश्य होइन । यही दोहोरिएको लगानीले दुर्गम क्षेत्रमा विस्तारको गति सुस्त बनाएको छ ।

नेपालमा समस्या नीति अभाव होइन, इच्छा शक्तिकोअभाव हो । नियामकको सीमित स्वायत्तता, स्वतन्त्र टावर कम्पनी नहुनु, ऊर्जा आपूर्तिको कमजोरी र अपरेटरहरूको अनिच्छा प्रमुख अवरोध हुन् । अझै पनि ग्रामीण दूरसञ्चार विकास कोषको ठूलो हिस्सा पूर्वाधार विस्तारमा प्रभावकारी ढंगले उपयोग भएको देखिँदैन ।
विशेषज्ञहरूका अनुसार समाधान जटिल छैन । स्वतन्त्र टावर कम्पनीलाई अनुमति दिने, ग्रामीण क्षेत्रमा साझेदारीलाई कर छुट वा अनुदान दिने, र विद्यालय वा स्वास्थ्य चौकीजस्ता सार्वजनिक संरचनामा साझा टावर स्थापना गर्ने मोडेल अपनाउन सकिन्छ । यसले लागत घटाउँछ र पहुँच तीव्र बनाउँछ ।
नेपालको डिजिटल खाडल
नेपालको परिप्रेक्ष्यमा यी निष्कर्षहरूको सान्दर्भिकता अत्यधिक छ । किनभने, नेपालको डिजिटल खाडल भयावह छ:
-
ग्रामीण–सहरी विभाजन: नेपाल जीवनस्तर सर्वेक्षण २०२२/२३ अनुसार, ग्रामीण क्षेत्रका केवल १७.४ प्रतिशत परिवारसँग इन्टरनेट पहुँच छ, जबकि सहरी क्षेत्रमा यो दर ७९ प्रतिशतभन्दा बढी छ ।
-
प्रादेशिक असमानता: काठमाडौं उपत्यकामा इन्टरनेट प्रवेश दर ७९.३ प्रतिशत छ भने कर्णाली प्रदेशमा केवल १४ प्रतिशत ।
-
लैङ्गिक विभाजन: सन् २०१९ मा, १५–४९ वर्ष उमेर समूहका केवल २७ प्रतिशत महिलाले इन्टरनेट प्रयोग गर्थे, पुरुषको तुलनामा ४१ प्रतिशत । ग्रामीण महिलाको पहुँच त केवल १० प्रतिशत थियो ।
-
आर्थिक विभाजन: गरिब परिवारहरूमध्ये केवल ९.५ प्रतिशतसँग इन्टरनेट पहुँच छ, जबकि गैर–गरिब परिवारमा यो दर ४५.७ प्रतिशत छ ।
-
भौगोलिक चुनौती: नेपालको करिब ७७ प्रतिशत जनसङ्ख्या ग्रामीण क्षेत्रमा बसोबास गर्छ, जहाँ हिमाल, पहाड र विकट उपत्यकाका कारण फाइबर बिछ्याउन र टावर निर्माण गर्न अत्यधिक लागत लाग्छ ।
-
विद्युतको समस्या: नेपालमा विद्युत पहुँच एसियाकै सबैभन्दा न्यून स्तरमध्येको एक हो (९० प्रतिशतभन्दा कम)। ग्रामीण क्षेत्रमा ८८.८ प्रतिशत स्थान विद्युत ग्रिडभन्दा बाहिर छन् ।
-

नेपालमा टावर सेयरिंग: नीति त बन्यो, कार्यान्वयन कहाँ ?
यी समस्याहरूको समाधानका लागि टावर सेयर किन महत्त्वपूर्ण छ भन्ने कुरा अध्ययनले स्पष्ट पारेको छ । अनुसन्धानकर्ताहरूका अनुसार, स्वतन्त्र टावर कम्पनीहरू (टावरकोज) ले मोबाइल साइटका “निश्क्रिय” भागहरू जस्तै; टावर, मास्ट, विद्युत आपूर्ति, आफ्नो स्वामित्वमा लिन्छन् र ती संरचनाहरूमा कुनै पनि अपरेटरलाई समान शर्तमा स्थान भाडामा दिन्छन् । यसले अपरेटरहरूलाई समानान्तर ग्रिड निर्माण गर्नबाट बचाउँछ, रेडियो स्पेक्ट्रम स्तरोन्नतिका लागि पूँजी खाली गर्छ, र नयाँ वा साना वाहकहरूलाई ठूलो प्रारम्भिक पूँजी खर्चबिना बजारमा प्रवेश गर्न दिन्छ ।
तर नेपालमा यो अवधारणा अझै कागजमै सीमित छ । नेपाल सरकारले सन् २०१५ मै “पूर्वाधार साझेदारी निर्देशिका” जारी गरेको थियो । यस निर्देशिकाले ७ मिटरभन्दा अग्ला टावरहरू दुई वा सोभन्दा बढी दूरसञ्चार सेवा प्रदायकहरूले अनिवार्य रूपमा साझा गर्नुपर्ने व्यवस्था गरेको छ । तर, दश वर्ष बितिसक्दा पनि प्रभावकारी कार्यान्वयन भएको छैन । काठमाडौंकै सडकहरूमा एकै स्थानमा नेपाल टेलिकम र एनसेलका छुट्टाछुट्टै टावरहरू देख्न सकिन्छ ।
विश्लेषकहरूका अनुसार, यसको प्रमुख कारण हो, धेरैजसो टावरहरू ७ मिटरभन्दा होचा बनाइएका छन्, जसले अनिवार्य साझेदारीको दायराबाट बच्न सकियोस् । अनि ७ मिटरभन्दा अग्ला टावरहरू पनि यसरी डिजाइन गरिएका छन् कि तिनलाई सेयर गर्नै नसकियोस् ।
नेपालका लागि यसको अर्थ स्पष्ट छ: नियम बनाउनेभन्दा बढी, नियम कार्यान्वयन गर्ने क्षमता चाहिन्छ । नियामकलाई वास्तविक स्वायत्तता, साझेदारीलाई व्यवहारिक बनाउने प्राविधिक मापदण्ड, ग्रामीण क्षेत्रमा लगानी प्रोत्साहन र विद्युत तथा सामुदायिक संरचनासँगको समन्वय बिना टावर साझेदारी कागजमै सीमित रहन सक्छ । तर सही ढंगले लागू गरियो भने, यही मोडेलले ग्रामीण बस्ती, महिलामुखी परिवार र कम आय भएका समुदायलाई डिजिटल अर्थतन्त्रको किनारबाट भित्र ल्याउन सक्छ ।

स्वतन्त्र टावर कम्पनीको अभाव
अध्ययनले औँल्याएको अर्को महत्त्वपूर्ण पक्ष हो , स्वतन्त्र टावर कम्पनीहरूको भूमिका । अनुसन्धानले देखाएको छ कि “सेल–एन्ड–लिजब्याक” (एसएलबी) सम्झौताहरू, जसमा बिक्री गर्ने अपरेटर नै मुख्य भाडादारका रूपमा रहन्छ, त्यसले सबैभन्दा ठूलो मूल्य कटौती उत्पन्न गर्छन् । यसले सङ्केत गर्छ कि सम्झौताको स्वरूप, मात्राको तुलनामा, बढी निर्णायक हुन्छ ।
नेपालमा भने स्वतन्त्र टावर कम्पनीहरूको प्रवेश नै हुन सकेको छैन । केही वर्षअघि नेपाल दूरसञ्चार प्राधिकरणले “दूरसञ्चार पूर्वाधार सेवा अनुमतिपत्र”का लागि आशयपत्र माग गरेको थियो । कम्तीमा आठ वटा अन्तर्राष्ट्रिय कम्पनीहरूले चासो देखाए पनि, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कुनै पनि अनुमतिपत्र जारी गरेन ।
सन् २०२१ मा एउटा सानो उपनियम पारित भयो, जसले एक सेवा प्रदायकले अर्कोको पूर्वाधार प्रयोग गर्ने अनुरोध अस्वीकार गर्न नपाउने व्यवस्था गर्यो । तर, यो पनि सीमित रूपमा मात्र कार्यान्वयन भएको छ । सन् २०२४ को चौथो त्रैमासिकसम्मको तथ्याङ्क अनुसार, नेपालका दुई मोबाइल अपरेटरहरूबीच कुनै पनि टावर साझेदारी अस्तित्वमा छैन ।

“दुई अर्ब डलरको बचत”: भारत र अफ्रिकाको पाठ
विश्वका अन्य भागहरूमा टावर साझेदारीले उल्लेखनीय सफलता हासिल गरेको छ । भारतमा, इन्डस टावर्सले २,५०,००० भन्दा बढी टावरहरू व्यवस्थापन गर्छ र भोडाफोन आइडिया, बिएसएनएल, एमटिएनएल जस्ता धेरै अपरेटरहरूलाई सेवा दिन्छ । यसले भारतमा डेटा मूल्य प्रति गिगाबाइट केवल ०.०९सम्म झार्न मद्दत गरेको छ । नेपालमा यो मूल्य करिब ०.६० प्रति गिगाबाइट छ, भारतको तुलनामा झन्डै सात गुणा बढी ।
अफ्रिकामा, इटन टावर्स, आइएचएस टावर्स, हेलियोस टावर्स र अमेरिकन टावर कर्पोरेसन (एटिसी) जस्ता कम्पनीहरूले हजारौं टावरहरूको साझेदारीमार्फत कनेक्टिभिटी विस्तार गरिरहेका छन् ।
नेपालको बजार संरचनाको जटिलता
नेपालको दूरसञ्चार बजार मूलतः दुई कम्पनीहरूको वर्चस्वमा छ; सरकारी स्वामित्वको नेपाल टेलिकम (एनटिसी) र निजी क्षेत्रको एनसेल । नेपाल टेलिकमको बजार हिस्सा करिब ५४ प्रतिशत छ भने एनसेलको ४६ प्रतिशत । नेपाल टेलिकमसँग करिब ७,७०० बिटिएस टावर साइटहरू छन् भने एनसेलसँग करिब ४,२०० ।
दुई कम्पनीको यो प्रभुत्वले प्रतिस्पर्धालाई सीमित गरेको छ । सन् २०१९ मा, प्राधिकरणले तेस्रो मोबाइल अपरेटरलाई अनुमतिपत्र दिने धम्की दिएको थियो, तर उपयुक्त उम्मेदवार नभएको भन्दै यो विचार स्थगित गरियो । अनुसन्धान–पत्रले देखाएको तथ्य, टावर साझेदारीले बजार एकाग्रता ५.३ प्रतिशतले घटाउँछ जुन नेपालको लागि विशेष रूपमा सान्दर्भिक छ ।

पूर्वाधार साझेदारीका बाधकहरू
नेपालमा टावर साझेदारी किन हुन सकिरहेको छैन ? यसका धेरै कारणहरू छन्:
१. नियामक निकायको कमजोरी: नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए) सँग वास्तविक स्वायत्तताको अभाव छ । प्राधिकरणको सञ्चालक समिति मन्त्रालयद्वारा नियुक्त हुन्छ, जसले नियामक निर्णयहरूमा राजनीतिक हस्तक्षेपको सम्भावना बढाउँछ ।
२. पूर्वाधार कम्पनीको अभाव: प्रभावकारी टावर साझेदारीका लागि एउटा छुट्टै पूर्वाधार कम्पनी आवश्यक छ, जसले सबै अपरेटरहरूका लागि समान शर्तमा टावर स्थान उपलब्ध गराओस् । नेपालमा यस्तो कम्पनी अस्तित्वमा आइसकेको छैन ।
३. प्राविधिक बाधाहरू: धेरैजसो टावरहरू ७ मिटरभन्दा होचा बनाइएका छन्, जसले अनिवार्य साझेदारीको दायराबाट बच्न सकियोस् । अनि अग्ला टावरहरू पनि साझेदारीका लागि उपयुक्त नहुने गरी डिजाइन गरिएका छन् ।
४. ऊर्जा सङ्कट: नेपालमा विद्युत पहुँचको अभाव , विशेष गरी ग्रामीण क्षेत्रमा टावर सञ्चालनका लागि गम्भीर बाधक हो । टावरकोजहरूले ऊर्जा व्यवस्थापन पनि गर्नुपर्ने हुन्छ, जसले लगानी लागत बढाउँछ ।
५. अपरेटरहरूको अनिच्छा: ठूला अपरेटरहरू आफ्नो प्रतिस्पर्धात्मक लाभ गुमाउन चाहँदैनन् । नेपाल टेलिकम र एनसेल दुवैले आफ्नै टावर सञ्जाल निर्माण गरिसकेका छन् र तिनलाई साझा गर्नाले आफ्नो बजार प्रभुत्व कमजोर हुने उनीहरूको बुझाइ हुन सक्छ ।

समाधानको बाटो: के गर्न सकिन्छ ?
अध्ययनले देखाएको छ कि टावर साझेदारीले मूल्य घटाउने, पहुँच बढाउने र बजार प्रतिस्पर्धा बढाउने काम गर्छ । नेपालको सन्दर्भमा, यी लाभहरू हासिल गर्नका लागि केही ठोस कदमहरू आवश्यक छन्:
पहिलो, नेपाल दूरसञ्चार प्राधिकरणलाई वास्तविक स्वायत्तता प्रदान गर्नुपर्छ र पूर्वाधार साझेदारी सम्बन्धी विद्यमान नियमहरूको कडाइका साथ कार्यान्वयन गर्नुपर्छ । अध्ययनले औँल्याएको तथ्य, बजार एकाग्रतामा ५.३ प्रतिशतको कमी, नेपालको दोहोरो एकाधिकार (डुओपोली) लाई चुनौती दिन पर्याप्त छ ।
दोस्रो, स्वतन्त्र टावर कम्पनीहरूलाई आकर्षित गर्नका लागि नीतिगत सुधार आवश्यक छ । सन् २०१७ मा प्रस्तावित पूर्वाधार विकास तथा साझेदारी नियमावलीमा एउटा विवादास्पद प्रावधान थियो, एउटा कम्पनीलाई अनुमति दिएपछि पाँच वर्षसम्म अर्कोलाई दिन नपाइने । यस्तो प्रावधानले प्रतिस्पर्धालाई नै समाप्त पार्छ ।
तेस्रो, ग्रामीण क्षेत्रमा टावर साझेदारीलाई प्रोत्साहन गर्नका लागि विशेष आर्थिक सहुलियतहरू प्रदान गर्नुपर्छ । नेपालको ग्रामीण दूरसञ्चार विकास कोष जसमा अपरेटरहरूले आफ्नो वार्षिक आम्दानीको २ प्रतिशत जम्मा गर्छन्, त्यसलाई टावर साझेदारी परियोजनाहरूमा लगानी गर्न सकिन्छ ।
चौथो, नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल इन्फ्रास्ट्रक्चर कम्पनी’लाई सक्रिय बनाएर विद्युत पूर्वाधारको उपयोग गर्दै दूरसञ्चार टावर सञ्जाल विस्तार गर्न सकिन्छ ।
पाँचौँ, स्थानीय तहहरूसँगको सहकार्यमा ग्रामीण क्षेत्रका विद्यालय, स्वास्थ्य चौकी र सामुदायिक भवनहरूको प्रयोग गरी साझा टावर स्थापना गर्न सकिन्छ । यसले भूमि अधिग्रहणको लागत घटाउने मात्र होइन, सामुदायिक स्वामित्वको भावना पनि जगाउनेछ ।

निष्कर्ष: के टावर साझेदारी नै सबैभन्दा छरितो बाटो हो ?
२८ न्यून–आय भएका देशहरूको तथ्याङ्क र नेपालको धरातलीय यथार्थलाई सँगै राखेर हेर्दा, एउटा कुरा स्पष्ट हुन्छ , टावर साझेदारी डिजिटल खाडल पुर्ने एउटा अत्यन्त प्रभावकारी औजार हुन सक्छ । अध्ययनले देखाएको ४.७ प्रतिशत अङ्कको ग्रामीण इन्टरनेट पहुँच वृद्धि र ३.६ प्रतिशत अङ्कको महिला–प्रधान परिवारहरूमा पहुँच वृद्धिले यसको समावेशी प्रभावलाई स्पष्ट पार्छ ।
तर, यो कुनै जादुको लौरो भने होइन । अध्ययन आफैले औँल्याएको छ, सम्झौताको स्वरूप नै निर्णायक हुन्छ । “सेल–एन्ड–लिजब्याक” सम्झौताहरू, जसमा बिक्री गर्ने अपरेटर मुख्य भाडादार रहन्छ, सबैभन्दा ठूलो मूल्य कटौती उत्पन्न गर्छन् । २,००० टावरभन्दा बढीको सम्झौताहरूले थप उल्लेखनीय लाभ दिँदैनन् । अर्थात्, ठूलो सङ्ख्याको तुलनामा राम्रोसँग संरचित सम्झौता बढी प्रभावकारी हुन्छ ।
नेपालको सन्दर्भमा, टावर साझेदारीको सम्भावना अत्यधिक छ । नेपाल टेलिकम र एनसेलले जम्मा गरेर १२,००० भन्दा बढी टावर साइटहरू सञ्चालन गरिरहेका छन् । यदि यी मध्ये आधा साइटहरू मात्र पनि साझेदारीका लागि खुला गरियो भने, यसले ग्रामीण क्षेत्रहरूमा द्रुत गतिमा सञ्जाल विस्तार गर्न, मूल्य घटाउन र प्रतिस्पर्धा बढाउन सक्छ ।
तर, यसका लागि राजनीतिक इच्छाशक्ति, नियामक सुधार र निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक छ । डोल्पाका जनप्रतिनिधिहरू सिंहदरबार धाइरहनुको सट्टा, बझाङमा फोनको सङ्केत खोज्दै डाँडा चढिरहनुको सट्टा, र बैतडीमा पानी पर्दा इन्टरनेट गुमाइरहनुको सट्टा , नेपालले एउटा साझा पूर्वाधार सञ्जालको परिकल्पना गर्नुपर्छ, जहाँ प्रतिस्पर्धा सेवाको गुणस्तरमा हुनेछ, टावरहरूको सङ्ख्यामा होइन ।
यो सामाग्री ‘द इम्प्याक्ट अफ सेयर्ड टेलिकम इन्फ्रास्ट्रक्चर अन डिजिटल कनेक्टिभिटी एन्ड इन्क्लुजन’ (हाउन्गबोनन, इभाल्डी, पालिकोट र स्ट्रुसानी, २०२५) शीर्षकको अनुसन्धान–पत्र, नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिवेदनहरू, नेपाल जीवनस्तर सर्वेक्षण, र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा प्रकाशित समाचार एवं विश्लेषणहरूमा आधारित छ ।
दूरसंचार
एनटिसीका सबै २८ दिने प्याकेज अब ३० दिनमा परिवर्तन
काठमाडौं । नेपाल टेलिकम (एनटिसी) ले प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजलाई विस्तार गर्दै अब ३० …
३९ सुरक्षा विशेषतासहित नयाँ स्मार्ट लाइसेन्स : अफलाइनमै जाँच गर्न सकिने
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको गुणस्तर र सुरक्षण पक्षब…
एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि नि:शुल्क लर्निङ, गेमिङ र डेटा सुविधा
काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि आफ्नो विशेष अफर ‘पहिलो सि…
टेरामक्स भ्रष्टाचार प्रकरण: प्राविधिक परीक्षणका लागि विशेष अदालतद्वारा विज्ञ समूह गठन
विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा प्राविधिक परीक्षणका ल…
नेपाल टेलिकमले रद्द गर्यो नयाँ बिलिङ प्रणाली खरिद प्रक्रिया
नेपाल टेलिकमले नयाँ बिलिङ प्रणाली खरिद गर्न अघि बढाएको ठेक्का प्रक्रिया रद्द गरेको छ। करिब साढे ५ अर्ब रुपैयाँ लागत अनुमान गरि…
प्रधानमन्त्रीलाई बुझाएको एनसेलको पत्रमा के छ?
नेपालको दूरसञ्चार क्षेत्र पछिल्ला वर्षहरूमा नीतिगत अन्योल, नियामकीय असमानता र लगानीको अनिश्चितताबाट गुज्रिरहेको छ। यही पृष्ठभूमि…
फोरजी नेटवर्कको पहुँच र गुणस्तर सुधारमा एनसेलः २५० वटा नयाँ टावर जडान २,२०० साइटको क्षमता अभिवृद्धि
एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार र गुणस्तर सुधारतर्फ महत्वपूर्ण कदम चाल्दै गतवर्ष २०२५ मा देशभर २५० वटा नयाँ टावर जडा…
नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियामा ढिलाइ, सेवामा असर पर्ने जोखिम बढ्दो
नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का प्रक्रिया स्थगित भएको एक महिनाभन्दा बढी हुँदा पनि ठेक्का प्रक्रिया पुनः सुरु भएको छैन। प्रा…
पुरानै प्रविधिमा नेपाल टेलिकम: डेढ दशकपछि पनि नयाँ बिलिङ प्रणाली नटुंगिने संकेत
सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकम लामो समयदेखि राजनीतिक र आर्थिक रुपमा चलखेलको केन्द्र बन्दै गएको छ । जसको …
माघसम्ममा फाइभजी सेवा सुरू गर्ने तयारीमा नेपाल टेलिकम, नीतिगत सहयोगको माग
आगामी माघसम्ममा नेपाल टेलिकमले फाइभजी सेवा सुरू गर्ने तयारी गरेको छ । सरकारले दिएको म्यान्डेट अनुसा माघसम्ममा काठमाडौं र पोख…
आम्दानी घट्दा पनि चर्को करको मारमा टेलिकम कम्पनी, सात वर्षमा २८ प्रतिशतले घट्यो आम्दानी
पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई टेलिक…
राज्यलाई धेरै कर तिर्ने कम्पनी एनसेलमा आगजनी, १०औं तलासम्म पुगेर लुटपाट र चोरी
राज्यलाई धेरै कर तिर्ने निजी क्षेत्रको पहिलो दूरसञ्चार कम्पनी एनसेलमा आगजनी भएको छ । भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा एनसेलमा …
सेन्ट्रल बिजनेस पार्कमा आगजनी भएपछि क्लाउड हिमालयलाई करोडौंको क्षति
थापाथलीको सेन्ट्रल बिजनेस पार्कमा आगजनी भएपछि क्लाउड हिमालयलाई करोडौंको क्षति भएको छ । सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा क्लाउड…
एननेटले सुरू गर्यो एफटीटीआर र आईपीभी सिक्ससहित इन्टरनेट र आईपीटीभी सेवा
नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) बाट अनुमति प्राप्त इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक एननेट (पर्पल) ले आधिकारिक रूपमा नेपालभर …
गोसाइँकुण्ड जाने पदमार्गमा नेपाल टेलिकमको टुजी सेवा
नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा रसुवा जिल्लाको चन्दनबारीमा टुजी सेवा सञ्चालनमा ल्याए…