स्टार्टअप
यस्ता छन् आइसिटी अवार्ड २०२५ का उत्कृष्ट ५ प्रडक्ट
आइसिटी अवार्ड २०२५ का उत्कृष्ट ५ प्रडक्ट छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कृष्ट १२ प्रडक्टबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।
अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट ५ प्रडक्ट छनोट गरी अहिले सर्वोत्कृष्टका लागि पब्लिक भोटिङ सञ्चालन भइरहेको छ ।
आफुलाई मन परेको उत्कष्ट ५ प्रडक्ट मध्येबाट एउटा प्रडक्टलाई डिजिटल वालेट हाम्रो पेमा गएर भोटिङ गर्न सकिने छ । भोटिङ आगामी मंसिर २४ गते राति १२ बजेसम्म गर्न सकिने छ ।
प्रडक्ट आइसिटी अवार्ड, आईटी प्रडक्टहरूलाई प्रोत्साहन र प्रवर्द्धन गर्न प्रदान गरिन्छ । यस विधामा विगत १ वर्षको अवधिमा विकास भएका आईटी प्रडक्टहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।
यस्ता छन् आइसिटी अवार्ड २०२५ का उत्कृष्ट ५ प्रडक्ट –
आयल्स पल्स
आयल्स तयारीलाई सरल, सहज र सस्तो बनाउने एआईमा आधारित प्लेटफर्म हो, आयल्स पल्स । यसले एआई स्पीकिङ मोक टेस्ट र राइटिङ मूल्यांकनमार्फत वास्तविक परीक्षा जस्तै वातावरणमा अभ्यास गर्ने अवसर दिन्छ ।
आयल्स पल्सले तत्काल ब्याण्ड स्कोर अनुमान र व्यक्तिगत फिडब्याक प्रदान गर्छ, जसले विद्यार्थीलाई आफ्ना कमजोरी चिन्न र सुधार गर्न सहयोग पुर्याउँछ ।
आईफाभेन्ड
आईफाभेन्ड नेपालमै विकास भएको स्मार्ट भेन्डिङ मेसिन हो, जसले हार्डवेयर र सफ्टवेयर एकीकृत गरी रिटेल वितरण प्रणालीलाई अटोमेटेड बनाउँछ। अफिस, विद्यालय, अस्पताल, मल र सार्वजनिक स्थानहरूमा २४ घण्टा उपलब्ध यो मेसिनले लाइन लाग्ने बाध्यता हटाउँदै, अनलाइन भुक्तानीमार्फत खुद्रा सामान लिन सरल र सहज बनाउँछ।
माई क्युआर
माई क्युआर, स्मार्ट क्युआरले तयार पारेको समावेशी क्यूआर भुक्तानी पूर्वाधार हो, जसले बैंक, वालेट र सहकारीबीच अन्तरआवद्धता प्रदान गर्छ।
अधिकांश क्युआर प्रणालीहरू सीमित नेटवर्कमा मात्र चल्ने भएकाले लाखौं प्रयोगकर्ता सेवाबाट वञ्चित छन्, तर माई क्युआरले सबै प्लेटफर्मबीच अन्तरआवद्धता गराउँदै भुक्तानीलाई सहज बनाएको छ ।
क्विकसीसीए
क्विकसीसीए बैंकहरूको इनवार्ड चेक प्रोसेसिङ स्वचालित बनाउने प्रडक्ट हो। यसले OCR/ICR प्रविधि प्रयोग गरी चेक विवरण स्वतः निकाल्ने र प्रमाणीकरण गर्ने काम गर्छ। पुराना कोर बैंकिङ प्रणालीसँग सजिलै एकीकृत गर्न सकिने यो प्रणालीले अन्य बैंकिङ कागजातहरू पनि अटोमेट गर्न सक्छ ।
वायुदृष्टि
वायुदृष्टि, हावाको गुणस्तर मापन, पूर्वानुमान र शुद्धीकरणमा केन्द्रित प्रडक्ट हो। यसको सस्तो र स्केलेबल इन्डोर–आउटडोर मोनिटरिङ सिस्टमले PM2.5, PM10, CO₂, तापक्रम, आर्द्रता, हावाको गति र ओजोन जस्ता तत्वहरू मापन गर्छ।
वायुदृष्टिले आफ्नो ड्यासबोर्ड र एपीआई सर्भिसेसमार्फत रियलटाइम डेटा, स्वास्थ्यमा पर्ने प्रभाव र एआईमा आधारित पूर्वानुमान उपलब्ध गराउँदै आएको छ ।
स्टार्टअप
यस्ता छन् आइसिटी अवार्ड २०२५ का उत्कृष्ट १२ प्रडक्ट
आइसिटी अवार्ड २०२५ का उत्कृष्ट १२ प्रडक्ट छनोट भएका छन् । प्राप्त आवेदन मध्येबाट अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चर…
यस्ता छन् आइसिटी अवार्ड २०२५ का उत्कृष्ट १२ स्टार्टअप
आइसिटी अवार्ड २०२५ का उत्कृष्ट १२ स्टार्टअप छनोट भएका छन् । प्राप्त आवेदन मध्येबाट अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न …
सनवे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५ आयोजना हुदै, १ सय ५० बढि स्टार्टअप र इन्नोभेसनहरुको प्रदर्शनी हुने
स्टार्टअप तथा इन्नोभेसनको प्रवद्धनको लागि कार्तिक २७ र २८ गते काठमाडौंमा सन्वे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५ को आयोजना हुने भएक…
नेपाल बैंककी डिजिटल सारथी
१९ वर्षअघि बन्दना शर्मा नेपाल बैंकमा प्रवेश गर्दा आईटीलाई सहायक क्षेत्रको रूपमा लिइन्थ्यो । १९ वर्षको अन्तरालमा प्रविधि विकासक्रमले …
साधारण असाइनमेन्टबाट आविष्कार, भर्चुअल केमिस्ट्री ल्याबले विद्यालय विज्ञानलाई सजिलो बनाउने (भिडियो)
एक साधारण कलेज असाइनमेन्टले जन्मायो यस्तो प्रयोगशाला जसले परम्परागत स्कुल शिक्षालाई चुनौती दियो: सुरक्षित, सस्तो र रमाइलो–…
१५ वर्षदेखि अमेरिकाको एआई क्षेत्रमा काम गरिरहेकी डा. रोशा
सन् २०१० को सुरूवाततिर एआई, मेसिन लर्निङ, न्युरल नेटवर्क, इमेज प्रोसेसिङ, डेटा साइन्स भर्खर भर्खर लोकप्रिय हुन थालेको थियो । नया…
बाटो म्याप्सले शार्क ट्यांक नेपालबाट पायो २ करोड ४० लाख लगानी
नेपालको आफ्नै म्याप्स बाटो
सरकारले ६०० परियोजनाहरूलाई स्टार्टअप उद्यम कर्जा प्रदान गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६०…
६०० स्टार्टअपहरूलाई ८८ करोड ६६ लाख सहुलियतपूर्ण कर्जा प्रवाह
स्कुल तथा कलेज व्यवस्थापन ईआरपी सफ्टवेयर वेदले पायो ६ करोड लगानी
स्कुल तथा कलेज व्यवस्थापन ईआरपी सफ्टवेयर वेदले शार्क ट्यांक नेपालबाट ६ करोडको लगानी सुरक्षित गरेको छ । शार्क ट्यांक ने…
नेपाली मूलका दुई उद्यमीले अमेरिकामा सुरू गरेको स्टार्टअप न्युरलले पायो ४ अर्ब बढी लगानी
नेपाली मूलका उद्यमी नामी बराल र नविन बास्कोटाले अमेरिकामा सुरू गरेको स्टार्टअप न्युरलले ३१ मिलियन अमेरिकी डलर अर्थात ४ …
नक्कलबाट उदाएको चिनियाँ प्रविधि कम्पनी टेन्सेन्ट, कसरी बन्यो गेमिङमा लिडर ?
विश्वका ठूला प्रविधि कम्पनीको नाम लिनुपर्दा तपाई हाम्रो दिमागमा आउँछ, गूगल, फेसबुक, माइक्रोसफ्ट, एप्पल, अमेजन, सामसङ आदि । यही …
१० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअपलाई आयकर नलाग्ने
१० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई आयकर नलाग्ने व्यवस्था गरिएको छ ।
बिना धितो २५ लाखसम्म कर्जाका लागि ६६१ स्टार्टअप सिफारिस, को को परे ?
स्टार्टअप उद्यम कर्जा प्रवाह कार्यक्रम अन्तर्गत साढे ६ सय स्टार्टअपलाई सिफारिस गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६६१ स्टार्…
कर्मचारीलाई स्टार्टअपहरूले पैसाको साटो शेयर दिन सक्ने, कार्यान्वयन प्रक्रिया सहज बनाउन जोड
सरकारले गुडवील, सेवा, सोच, ज्ञान र श्रमका आधारमा ‘स्वेट शेयर’ जारी गर्न सक्ने व्यवस्था गरेको छ । गत शुक्रबार बसेको …
स्टार्टअप कर्जाका लागि १३ सय १४ परियोजना प्रारम्भिक सूचीमा, कसले पाउँलान बिनाधितो २५ लाखसम्म कर्जा ?
स्टार्टअप उद्यम कर्जा पाउनका लागि १३ सय १४ परियोजना प्रारम्भिक सूचीमा पर्न सफल भएका छन् । स्टार्टअप उद्यम कर्जा कार्यक्रमका लागि औद्यो…