कार्यक्रम
एकेडेमिया कलेजमा दिगो तथा नवप्रवर्तनमुखी वित्तीय व्यवस्थापन विषयक राष्ट्रिय सम्मेलन
काठमाडौं । एकेडेमिया इन्टरनेसनल कलेजले दिगो तथा नवप्रवर्तनमुखी वित्तीय व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगसम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ ।
कलेजको अनुसन्धान व्यवस्थापन कक्षको आयोजनामा शनिबार आयोजित एकदिने सम्मेलनमा शिक्षाविद्, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (एआई), तथ्यांक विश्लेषण, ब्लकचेन प्रविधि, क्लाउड कम्प्युटिङ, वित्तीय प्रविधि (फिनटेक), साइबर सुरक्षा तथा डिजिटल सुशासनजस्ता आधुनिक प्रविधिले वित्तीय व्यवस्थापनमा ल्याइरहेको परिवर्तनबारे गहन छलफल गरिएको थियो ।
साथै, यी प्रविधिलाई दिगो वित्तीय अभ्याससँग जोडेर पारदर्शी, प्रभावकारी, उत्तरदायी र समावेशी वित्तीय प्रणाली निर्माण गर्ने विषयमा विशेष जोड दिइएको थियो । सम्मेलन उद्घाटन, वक्तव्य, प्राविधिक शोधपत्र प्रस्तुति तथा समापन सत्र गरी चार चरणमा सञ्चालन गरिएको थियो ।
उद्घाटन समारोहको सञ्चालन शैक्षिक प्रमुख विश्व माथेमाले गरेका थिए । कार्यक्रममा कलेजका अध्यक्ष बोबी प्रधान, क्याम्पस प्रमुख राजेश प्रसाद श्रेष्ठ, सञ्चालक समिति सदस्य धर्म महाराजन लगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथिका रूपमा अमेरिकास्थित क्रिस्टोफर न्युपोर्ट विश्वविद्यालयका प्रा.डा. ज्ञान प्रधान तथा ललितपुर महानगरपालिका ७ का वडाध्यक्ष कुलबहादुर महर्जन सहभागी थिए । अनुसन्धान व्यवस्थापन कक्षका प्रमुख डा. राजन विलास बज्राचार्य विशेष अतिथिका रूपमा उपस्थित भए ।
सम्मेलनमा सूचना प्रविधि, वित्त, नवप्रवर्तन र दिगोपनासम्बन्धी २० वटा छनोट भएका अनुसन्धानपत्र प्रस्तुत गरिएको थियो । ती अनुसन्धानले नयाँ ज्ञान, सहकार्य र अनुसन्धानका सम्भावना विस्तार गर्ने विश्वास आयोजकको छ ।
कार्यक्रम
नेपाल-भारतबीच एआई र उदाउँदो प्रविधिमा सहकार्य विस्तार, काठमाडौंमा विशेष सेमिनार
काठमाडौं । नेपाल र भारतबीच उदाउँदा प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का क्षेत्रमा सहकार्य विस्तार गर्न…
टेकस्किल्स आईटी स्कलरसिप २०२६ की विजेता बनिन् सोफिया तामाङ
काठमाडौं । टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ को उपाधि सोफिया तामाङले जितेकी छन् । काठमाडौंको भृकु…
साइबर सुरक्षा घटना पछि होइन, पहिले नै नियन्त्रण गर्ने क्षमता विकास गर्नुपर्छ : निर्देशक महर्जन
काठमाडौं । नेपालमा बढ्दो साइबर जोखिम र डिजिटल प्रणालीमाथि हुने आक्रमणको चुनौतीलाई मध्यनजर गर्दै राष्ट्रिय साइ…
ब्रिटिश प्रोफेसनल कलेज–एसीसीए सहकार्यमा पोखरामा लेखा कार्यशाला
काठमाडौं । प्लाटिनम-स्तरको ACCA प्रदायक संस्था ब्रिटिश प्रोफेशनल कलेज (BPC), काठमाडौंले गण्डकी प्रदेशका स्थानीय…
एनवाईईएफ स्टार्टअप अवार्ड सम्पन्न, हप्पु ट्रीट्स बन्यो विजेता
काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरद्वारा आयोजित ‘एनवाईईएफ स्टार्टअप अवार्ड&…
‘पल्सर आरपीएम’ शनिबार टोकामा : युवा, संगीत र राइडिङ संस्कृतिको भव्य संगम
काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले नेपालका युवा, स…
हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स”लाई तीव्रता
काठमाडौं । स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक गरिएका महत्वपूर्ण प्रविधिगत उपलब्…
इनड्राइभले ल्यायो ‘अरोरा भेन्चर्स’ कार्यक्रम : महिला उद्यमीले पाउनेछन् विश्वव्यापी नेटवर्क र लगानी
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालसहित उदीयमान बजारका महिला उद्यमीहरूलाई…
‘हिमालयन लिटरेचर फेस्टिभल २०२६’ घोषणा : कविता, एआई र सिर्जनशीलतामाथि विश्वस्तरीय संवाद हुने
काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’ का आयोजकहरूले दक्षिण एशियाका प्रम…
टेलि डिजिटलद्वारा नेपालमा व्हाट्सएप बिजनेस एपीआईसम्बन्धी विशेष कार्यक्रम आयोजना
काठमाडौं । रमेश कर्प अन्तर्गतको टेलि डिजिटल सर्भिसेस प्रा.लि. ले मेटासँगको सहकार्यमा जेठ ७ गते ‘द कनभर…
टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, मेटाका अल्बर्ट टियोङ विशेष वक्ता
काठमाडौं । Ramesh Corp. Entity अन्तर्गतको टेलि डिजिटलले डिजिटल संवाद तथा व्यवसायिक सञ्चार सम्बन्धी विशेष कार्…
नेपाल बिजनेस समिट २०२६ सम्पन्न, व्यापारदेखि ऊर्जा र डिजिटल पूर्वाधारसम्म बहस
काठमाडौं । नेपाल बिजनेस समिट २०२६ काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई)…
कोडदृष्टिद्वारा राष्ट्रिय एआई ह्याकाथन २०२६ घोषणा, नवप्रवर्तकलाई लगानीकर्तासँग प्रत्यक्ष जोडिने अवसर
काठमाडौं । नेपालको उदाउँदो प्रविधि क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग र स्थानीय नवप्रवर्तनलाई प्रव…
नेविअप्रको २३ औँ वार्षिकोत्सव : शिक्षा सुधारदेखि एआईसम्म व्यापक छलफल
काठमाडौं । नेपाल विकास अनुसन्धान प्रतिष्ठान (नेविअप्र) ले आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजना गरेको क…
नेपाल टेक रोडशो यूएसए २०२६ सम्पन्न, नेपालको आईटी क्षमता विश्वसामु प्रस्तुत
काठमाडौं । अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ ले नेपालको बढ्दो प्रविधि उद्योग र विश्…