कीवर्डहरू -

नयाँ प्रविधि

भारतले एप स्टोरबाट हटाएको बिटच्याट के हो, इन्टरनेटबिनै कसरी चल्छ ?

काठमाडौं । इन्टरनेट तथा मोबाइल नेटवर्क बन्द भएका बेला नजिकका मानिसबीच सन्देश आदानप्रदान गर्न प्रयोग हुँदै आएको ‘बिटच्याट’ एप भारतको एप स्टोरबाट हटाइएको छ । भारत सरकारको निर्देशनपछि अक्टोबर ३ मा आफ्नो एप स्टोरबाट बिटच्याट हटाएको बताइएको छ । एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध गुगल प्ले स्टोरमा पनि यो एप अहिले देखिँदैन ।

बिटच्याट सामान्य म्यासेजिङ एपभन्दा फरक तरिकाले काम गर्छ । यसका लागि मोबाइल डाटा, वाइफाइ वा इन्टरनेट कनेक्सन आवश्यक पर्दैन । नजिकै रहेका उपकरणबीच ब्लुटुथमा आधारित प्रविधिमार्फत सन्देश आदानप्रदान हुने भएकाले इन्टरनेट सेवा अवरुद्ध भएका अवस्थामा पनि यसको प्रयोग गर्न सकिन्छ ।

ट्विटरका सह-संस्थापक ज्याक डोर्सीले विकास गरेको यो एप पछिल्लो समय भारतमा भएका विरोध प्रदर्शनका क्रममा चर्चामा आएको थियो । इन्टरनेट वा मोबाइल नेटवर्क बन्द हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रदर्शनकारी तथा नागरिक समूहले वैकल्पिक सञ्चार माध्यमका रूपमा यसको प्रयोग बढाएका थिए ।

सरकारको निर्देशनपछि हटाइयो
भारतीय सञ्चारमाध्यमका अनुसार इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि ऐनको दफा ६९ ए अन्तर्गत बिटच्याट हटाउन निर्देशन दिएको थियो । दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै विपक्षी दलहरूले प्रदर्शन गरिरहेका बेला एपमाथि यस्तो कदम चालिएको हो ।

यसअघि पनि भारतमा विभिन्न प्रदर्शनका क्रममा बिटच्याटको प्रयोग भएको थियो । गत जुलाईमा दिल्लीको जन्तरमन्तरमा विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिहरूले नीट प्रश्नपत्र चुहावटको विषयलाई लिएर प्रदर्शन गर्दा बिटच्याटको प्रयोग उल्लेख्य रूपमा बढेको बताइएको थियो । त्यस समयमा सुरक्षा निकायले एपसँग सम्बन्धित गिटहब भण्डार हटाउन समेत माग गरेको रिपोर्टहरूमा उल्लेख छ ।

भारतमा अचानक बढेको थियो प्रयोग
भारतमा बिटच्याटको प्रयोग पछिल्लो समय निकै तीव्र रूपमा बढेको तथ्यांकले देखाउँछ । जुलाई १७ देखि २३ सम्म विश्वभर भएका बिटच्याट डाउनलोडमध्ये भारतको हिस्सा ८५ प्रतिशत पुगेको थियो । त्यसको अघिल्लो ३० दिनमा भने भारतबाट भएको डाउनलोडको हिस्सा करिब १ प्रतिशत मात्र थियो ।

जुलाई २३ मा भारतमा बिटच्याटका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या ३ लाख ३० हजारभन्दा बढी पुगेको थियो । इन्टरनेट तथा मोबाइल नेटवर्कमा प्रतिबन्ध लाग्ने सम्भावना भएका प्रदर्शन तथा अन्य संवेदनशील परिस्थितिमा वैकल्पिक सञ्चारको आवश्यकता बढ्दा एपको प्रयोग पनि बढेको देखिन्छ ।

पहिले नै डाउनलोड गरेकालाई भने तत्काल असर नपर्ने
एप स्टोरबाट हटाइएपछि भारतमा नयाँ प्रयोगकर्ताले बिटच्याट डाउनलोड गर्न पाउने छैनन् । यद्यपि, यसअघि नै आफ्नो उपकरणमा एप इन्स्टल गरिसकेका प्रयोगकर्ताले भने तत्काल प्रयोग गर्न नपाउने अवस्था नरहेको बताइएको छ ।

इन्टरनेट वा मोबाइल नेटवर्क पूर्ण रूपमा बन्द भएका बेला बिटच्याटले नजिकै रहेका प्रयोगकर्ताबीच सञ्चारको माध्यम उपलब्ध गराउन सक्छ । यही विशेषताका कारण नेटवर्क अवरोध हुने प्रदर्शन वा अन्य परिस्थितिमा यसको प्रयोग बढेको हो ।

डिजिटल अधिकार संस्थाको आपत्ति
भारतको एप स्टोरबाट बिटच्याट हटाइएपछि डिजिटल अधिकारसम्बन्धी संस्था ‘इन्टरनेट फ्रिडम फाउन्डेसन’ले निर्णयप्रति आपत्ति जनाएको छ । संस्थाले सूचना प्रविधि ऐनको दफा ६९ ए ले गैरकानुनी सामाग्री रोक्ने वा ब्लक गर्ने अधिकार सरकारलाई दिएपनि इन्टरनेटबिना काम गर्ने म्यासेजिङ एपलाई नै हटाउने अधिकार स्पष्ट रूपमा नदिएको तर्क गरेको छ ।

यसकारण बिटच्याट हटाउने निर्णयले इन्टरनेट स्वतन्त्रता र डिजिटल अधिकारसम्बन्धी थप प्रश्न उठाएको संस्थाको भनाइ छ ।

नयाँ प्रविधि

ह्वाट्सएपमा आयो ‘रिस्ट्रिक्टेड च्याट’, संवेदनशील कुराकानीमा थप गोपनीयता

काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्तालाई संवेदनशील कुराकानीमा थप नियन्त्रण दिन ‘रिस्ट्रिक्टेड च्याट’ ना…

च्याटजीपीटीमा नयाँ किनमेल सुविधा : कपडा लगाएर हेर्नदेखि मनपरेका सामान सुरक्षित गर्नेसम्म

काठमाडौं । ओपनएआईले च्याटजीपीटीमार्फत अनलाइन किनमेललाई थप सहज बनाउने उद्देश्यले दुई नयाँ सुविधा सार्वजनिक ग…

बेलायतमा एआई र डीपफेकमार्फत हुने सूचना युद्ध रोक्न नयाँ केन्द्र स्थापना गरिने

काठमाडौं । बेलायत सरकारले गलत सूचना, डीपफेक तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत हुने सूचना युद्धको…

एआई सुरक्षा अभ्यासबारे एन्थ्रोपिक र ओपनएआईमाथि एफटीसीको अनुसन्धान

काठमाडौं । अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) विकास गरिरहेका एन्थ्रोपिक र ओपनएआ…

ह्वाट्सएप बिजनेसमा नयाँ शुल्क प्रणाली, अब अर्डर अपडेटमा पनि पैसा लाग्ने

काठमाडौं । मेटाले भारतमा ह्वाट्सएप बिजनेस प्रयोग गर्ने व्यवसायका लागि सन्देश शुल्कसम्बन्धी नयाँ व्यवस्था लागू गरे…

इन्स्टाग्रामको ‘एडिट्स’मा एआई असिस्टेन्ट, भिडियोको रणनीति बनाउन सघाउने

काठमाडौं । इन्स्टाग्रामले आफ्नो भिडियो एडिटिङ एप ‘एडिट्स’मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारि…

ट्रम्पले बदले एआईको नाम, अब ‘सुपर इन्टेलिजेन्स’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी प्रयोजनमा प्रयोग हुँदै आएको ‘आर्टिफिसियल इन्टेलिजेन्…

ओपनएआईले च्याटजीपीटीमा एपजस्तै नयाँ सुविधा थप्दै

काठमाडौं । ओपनएआईले च्याटजीपीटीलाई थप उपयोगी र बहुउद्देश्यीय बनाउने उद्देश्यले नयाँ सुविधा विस्तार गरेको छ ।…

सुरक्षा मापदण्ड पूरा नभएपछि ओपनएआईले रोक्यो नयाँ एआई मोडल सार्वजनिक गर्ने योजना

काठमाडौं । एआई कम्पनी ओपनएआईले सुरक्षा चिन्ताका कारण नयाँ एआई मोडल ‘एस्ट्रा ६.१’ सार्वजनिक गर्ने …

पृथ्वीको कक्षमा पहिलोपटक पुग्यो स्टारसिप, २६ स्टारलिंक उपग्रह प्रक्षेपण

काठमाडौं । अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सको विशाल रकेट ‘स्टारसिप’ पहिलोपटक सफलतापूर्वक…

गुगल फोटोको नयाँ अपडेटमा फोटो छोप्ने टुलसहित नयाँ एआई सुविधा थपियो

काठमाडौं । गुगलले आफ्नो फोटो व्यवस्थापन तथा सम्पादन एप ‘गुगल फोटो’मा नयाँ सुविधा थप गरेको छ । …

व्हाट्सएपको एन्ड्रोइड संस्करणमा आईफोनजस्तै नयाँ डिजाइन परीक्षण

काठमाडौं । मेटाको स्वामित्वमा रहेको मेसेजिङ एप व्हाट्सएपले एन्ड्रोइड एपको तल्लो नेभिगेसन बारमा नयाँ डिजाइन पर…

एप्पलसँग क्वालकमको लाइसेन्स सम्झौता नवीकरण

काठमाडौं । चिप निर्माता कम्पनी क्वालकमले एप्पलसँगको विश्वव्यापी लाइसेन्स सम्झौता नवीकरण गरेको छ । नवीकरण गरिएक…

सिङ्गापुरमा ८० हजारभन्दा बढी वित्तीय क्षेत्रका कर्मचारीलाई एआई तालिम दिइने

काठमाडौं । सिङ्गापुरले वित्तीय क्षेत्रमा कार्यरत ८० हजारभन्दा बढी कर्मचारीलाई कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सी…

म्युजलाई दैनिक जीवनको डिजिटल सहायक बनाउँदै मेटा, थपिए नयाँ सुविधा

काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटाले आफ्नो व्यक्तिगत एआई एजेन्ट ‘म्युज’लाई थप शक्तिशाली बनाउने …