इभेन्ट
स्टार्टअप र प्रविधिका नयाँ सोचलाई सरकारी साथ, ह्याकाथनका लागि आवेदन आह्वान
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले स्टार्टअप ह्याकाथन कार्यक्रम सञ्चालनका लागि इच्छुक व्यक्ति तथा आयोजक संस्थाबाट आवेदन माग गरेको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार मन्त्रालयले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित स्टार्टअप ह्याकाथन आयोजना गर्न लागेको हो ।
कार्यक्रममार्फत छनोट भएका सहभागी तथा आयोजकलाई तोकिएको कार्यविधिअनुसार आर्थिक सहयोग उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा सहभागी भई आर्थिक सहयोग लिन इच्छुक व्यक्ति वा आयोजक संस्थाले मन्त्रालयले जारी गरेको ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धी सम्मेलन, प्रदर्शनी तथा स्टार्टअप ह्याकाथन अनुदान कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम प्रस्ताव पेस गर्नुपर्नेछ ।
मन्त्रालयले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन बुझाउन आग्रह गरेको छ । आवेदन [email protected] मा इमेलमार्फत पठाउन सकिनेछ भने इच्छुकले मन्त्रालयमै उपस्थित भएर समेत प्रस्ताव दर्ता गराउन सक्नेछन् ।
आवेदनका साथ कार्यविधिको दफा ६ मा तोकिएबमोजिम आवश्यक विवरण र प्रमाणित कागजात अनिवार्य रूपमा संलग्न गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
कार्यक्रमको विस्तृत जानकारी तथा आवेदनसम्बन्धी कार्यविधि मन्त्रालयको वेबसाइट mosti.gov.np मा उपलब्ध रहेको छ ।
मन्त्रालयका अनुसार आवेदन बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछिको कार्यालय खुलेको दिन कार्यालय समयभित्र प्रस्ताव पेस गर्न सकिनेछ ।
इभेन्ट
राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु, २८ संस्थाका ६७ विद्यार्थीबीच प्रतिस्पर्धा
काठमाडौं । मदन भण्डारी मेमोरियल कलेज (एमबीएमसी), नयाँ बानेश्वरमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाए…
नेपालको औद्योगिक क्षेत्रमा एआई र उद्योग ४.० को प्रयोगबारे छलफल हुने
काठमाडौं । नेपालको औद्योगिक क्षेत्रको विकासमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र उद्योग ४.० को भूमिकाबारे छलफल …
टीम नेपाल दक्षिण कोरियामा हुने युवा रोबोटिक्स प्रतियोगितामा सहभागी हुँदै
काठमाडौं । रोबोटिक्स एसोसिएसन अफ नेपाल (आरएन) ले सन् २०२६ को फस्ट ग्लोबल च्यालेन्ज (एफजीसी २०२६) मा नेपालको …
ट्रिप टर्बोको ‘ट्राभल मेला २०२६’ सञ्चालनमा, यात्रुलाई विशेष छुट र गिभअवे
काठमाडौं । नेपालको ट्राभल एप ट्रिप टर्बोको ‘ट्राभल मेला २०२६’ सञ्चालन भइरहेको छ । सेप्टेम्बर २१ द…
डिजिटल नेपाल कन्क्लेभ २०२६ सम्पन्न : डिजिटल रेजिलियन्स, डेटा, एआई र डिजिटल अर्थतन्त्रमाथि गहन बहस
काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले आयोजना गरेको पाँचौँ संस्करणको डिजिटल नेपाल कन्क्लेभ (डिएनसी) २०२६ ललित…
नेपाल टेक रोडशो युरोप २०२६ सम्पन्न, नेपाली प्रविधिलाई युरोपेली बजारसँग जोड्ने प्रयास
काठमाडौं । नेपाली प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले आयोजना गरिएको ‘नेपाल टेक रो…
डिएनसी २०२६ : एआईमा आत्मनिर्भर नेपाल निर्माणका लागि पूर्वाधार र डेटा बलियो बनाउनुपर्नेमा जोड
काठमाडौं । डिजिटल नेपाल कन्क्लेभ (डिएनसी) २०२६ मा नेपालको एआई (कृत्रिम बुद्धिमत्ता) इकोसिस्टम तथा डिजिटल क्षम…
वर्डक्याम्प काठमाडौं २०२६ सम्पन्न, एआईदेखि डिजिटल व्यवसायसम्मका विषयमा छलफल
काठमाडौं । नेपालमा वर्डप्रेस समुदायको प्रमुख प्रविधि सम्मेलनका रूपमा आयोजना गरिएको वर्डक्याम्प काठमाडौं २०२६ स…
आजदेखि वर्डक्याम्प काठमाडौं २०२६, एआईदेखि ओपन सोर्ससम्मका विषयमा छलफल
काठमाडौं । नेपालमा वर्डप्रेस प्रयोगकर्ता, डेभलपर, डिजाइनर, फोटोग्राफर, व्यवसायी तथा प्रविधिमा रुचि राख्ने समुद…
बेलायतमा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न : नेपाली प्रविधि कम्पनीको क्षमता प्रदर्शन
काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) को आयोजनामा बेलायतमा ‘ने…
डिजिटल नेपाल कन्क्लेभ २०२६ असोज ४ गते हुँदै, डिजिटल रेजिलियन्सदेखि एआई गभर्नेन्ससम्म छलफल हुने
काठमाडौं । आइसिटी फाउन्डेसन नेपालले पाँचौँ संस्करणको डिजिटल नेपाल कन्क्लेभ असोज ४ गते आइतबार आयोजना गर्ने भ…
युवा सहभागिता र इन्टरनेट गभर्नेन्स क्षमता विकासमा केन्द्रित ‘एपिगा नेपाल २०२६’ सम्पन्न
काठमाडौं । एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२६ सफलतापूर्वक सम्पन्न भएको छ । २०२६ से…
काठमाडौंमा Konica Minolta Roadshow 2026 आयोजना हुँदै
काठमाडौं । सगर ग्रुपको आयोजनामा Konica Minolta Roadshow 2026 आगामी २०८३ भदौ २५ र २६ गते काठमाडौंको बागब…
‘वर्डक्याम्प काठमाडौं २०२६’ को तयारी अन्तिम चरणमा: नयाँ प्रविधि सिक्ने र करियर सुरू गर्ने सुनौलो अवसर
काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रकै प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६&rsqu…
नेपालय कलेजमा २४ घण्टे ‘ह्याकाथन’ सम्पन्न, विद्यार्थीहरूले बनाए नवीन प्रविधिमूलक परियोजना
काठमाडौं । विद्यार्थीहरूको प्राविधिक सीप, सिर्जनशीलता र समस्या समाधान क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ काठम…