कीवर्डहरू -

शिक्षा

त्रिविको ‘फास्ट ट्र्याक’ नतिजा : बीआईटीको रिजल्ट ११ घण्टामै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले २०८३ सालका लागि सञ्चालन गरेको स्नातक तहको सूचना प्रविधि (बीआईटी) प्रवेश परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको ११ घण्टामै सार्वजनिक गरेको छ ।

संस्थानका अनुसार बीआईटीका देशभरका ७५६ सिटका लागि ३ हजार ५८१ विद्यार्थीले आवेदन दिएका थिए । तीमध्ये ३ हजार २२३ जना प्रवेश परीक्षामा सहभागी भएका थिए ।

ओएमआर प्रणालीबाट लिइएको प्रवेश परीक्षा देशभरका १४ वटा परीक्षा केन्द्रमा सञ्चालन गरिएको थियो । परीक्षा एकै दिन सम्पन्न गरी सोही दिन नतिजा सार्वजनिक गरिएको विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा. डा. शंकरप्रसाद खनालले जानकारी दिए ।

बीआईटी कार्यक्रम त्रिभुवन विश्वविद्यालयका १५ वटा आंगिक क्याम्पसमा सञ्चालन हुँदै आएको छ । काठमाडौं उपत्यकाका चार क्याम्पसमध्ये पाटन संयुक्त क्याम्पसमा १०८, भक्तपुर बहुमुखी क्याम्पसमा १०८, अमृत क्याम्पसमा ७२ र पद्मकन्या क्याम्पसमा ७२ सिट निर्धारण गरिएको छ ।

यसअघि विज्ञान तथा प्रविधि अध्ययन संस्थानले २०८३ साउन २४ गते सञ्चालन गरेको स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) प्रवेश परीक्षाको नतिजा समेत सोही दिन सार्वजनिक गरेको थियो । उक्त परीक्षामा ८ हजार २६ विद्यार्थी सहभागी भएका थिए ।

कर्णाली प्रदेशमा संस्थानअन्तर्गतका शैक्षिक कार्यक्रम सञ्चालनमा नरहे पनि त्यहाँका विद्यार्थीलाई प्रवेश परीक्षामा सहज बनाउन सुर्खेतमा परीक्षा केन्द्र तोकिएको थियो । यसले कर्णालीका विद्यार्थीलाई परीक्षा दिन सहज भएको संस्थानका सहायक डीन डा. कोमलराज रिजालले बताए ।

शिक्षा

कागेश्वरी मनोहरासँग सहकार्य गर्दै टेक्स्पायर कलेज, सामुदायिक विद्यालयमा टेक मेन्टरसिप

काठमाडौं । टेक्स्पायर कलेजले सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रविधिमूलक शिक्षा, करियर परामर्श र उद्योग क्षेत्…

विदेशमा अधुरो पढाइ अब नेपालमै पूरा गर्न सकिने, क्रेडिट ट्रान्सफरको बाटो खुल्यो

काठमाडौं । विदेशमा उच्च शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले बीचमै नेपाल फर्किनुपरे अब त्यहीँसम्मको पढाइ…

एकेडेमिया इन्टरनेसनल कलेज: नेपालको डिजिटल भविष्य निर्माण गर्ने आइटी शिक्षाको गन्तव्य

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला वर्षहरूमा सूचना प्रविधि (आइटी) शिक्षाप्रति युवाहरूको आकर्षण तीव्र र…

मधेशमा स्थगित त्रिविको परीक्षा भदौ १५ गते सञ्चालन हुने

काठमाडौं । मधेश प्रदेशमा उत्पन्न अशान्त परिस्थितिका कारण स्थगित भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्…

विश्वविद्यालयको ढिलासुस्ती रोक्न सरकारको नयाँ कदम, परीक्षा र नतिजाको समयसीमा तोकियो

काठमाडौं । विश्वविद्यालयको परीक्षा कहिले हुने, नतिजा कहिले आउने र अर्को तहको पढाइ कहिले सुरु हुने भन्ने अनि…

कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्ष…

समकक्षता सेवामा नयाँ व्यवस्था, आवेदनदेखि प्रमाणपत्रसम्म अनलाइन

काठमाडौं । विदेशी विश्वविद्यालयबाट प्राप्त शैक्षिक योग्यताको समकक्षता (इक्विभ्यालेन्स) सेवा अब विश्वविद्यालय अनुदा…

लर्डबुद्धले सुरू गर्‍यो नेपालमै ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रम

काठमाडौं । नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रित ‘एम…

मधेशका ११ परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा साउन १५ गते सञ्चालन हुने त…

एसीसीए परीक्षामा ब्रिटिस प्रोफेसनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता

काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुप (बीईजी) अन्तर्गत सञ्चालित ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी) का विद्यार्थीहरूले ए…

प्रश्नपत्र चुहावटपछि त्रिवि ‘अलर्ट’, परीक्षार्थीका लागि कडा निर्देशिका जारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायको परीक्षा नियन्त्रण महाशाखाले स्नातक, स्नातकोत्तर तथा …

परीक्षा सुरु भएको केही मिनेटमै बाहिरियो त्रिविको प्रश्नपत्र

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको स्नातकोत्तर तहको मास्टर्स अफ बिजनेस स्टडिज (एमबिएस) परीक्षाक…

इन्जिनियरिङ शिक्षामा विद्यार्थी आकर्षण बढाउन मन्त्री पोखरेलको सक्रिय पहल, सरोकारवालासँग रणनीतिक छलफल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा इन्जिनियरिङ शिक्षाको प्रवर्द्धन गर्दै यस क्षेत्रमा विद्…

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएट सम्मान, एआई कोर्सका लागि आवेदन खुला

काठमाडौं । सामसङ नेपालले नेपालको नयाँ पुस्ताको डिजिटल प्रतिभा विकास गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्दै प…

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ब्रोंज अवार्डबाट सम्मानित

काठमाडौं । द ब्रिटिस मोडल कलेज (बीएमसी) का पाँच विद्यार्थी आर्या द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी आर्या ग…