कीवर्डहरू -

डिजिटल पेमेन्ट

अनलाइन किनमेलमा नयाँ सुविधा, फोनपेले सार्वजनिक गर्यो ‘चेक आउट बाई फोनपे’

काठमाडौं । फोनपेले 'चेक आउट बाई फोनपे' नामक नयाँ अनलाइन भुक्तानी समाधान सार्वजनिक गरेको छ । मोबाइल एप तथा वेबसाइटमार्फत किनमेल गर्ने ग्राहकहरूका लागि इ-कमर्स भुक्तानीलाई अझ छिटो, सहज र सुविधाजनक बनाउने उद्देश्यले यो समाधान विकास गरिएको बताइएको छ । इ-कमर्सको विस्तारसँगै ग्राहकहरूले भुक्तानी प्रक्रिया पनि किनमेल अनुभवजत्तिकै सहज हुने अपेक्षा गर्न थालेका छन् ।

तर, परम्परागत अनलाइन भुक्तानी प्रक्रियामा ग्राहकले एउटा एपबाट अर्को एपमा जानुपर्ने, पटक–पटक लगइन विवरण प्रविष्ट गर्नुपर्ने, ओटीपी प्रमाणीकरण तथा भुक्तानी पुष्टि हुन पर्खनुपर्ने र पुन: व्यापारीको प्लेटफर्ममा फर्केर खरिद प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

यी अतिरिक्त चरणहरूले चेकआउट प्रक्रियामा अवरोध सिर्जना गर्दै ढिलाइ, बीचमै रोकिएका कारोबार तथा अधुरा खरिदहरू निम्त्याउने गरेका छन् । करिब ७० प्रतिशत अनलाइन किनमेलका कार्टहरू अन्तिम भुक्तानी नगरी नै छोडिने गरेका छन्, जसको प्रमुख कारणमध्ये लामो वा जटिल चेकआउट प्रक्रिया पनि एक हो ।

भुक्तानी प्रक्रियालाई सरल बनाएर चेक आउट बाई फोनपे ले इ-कमर्सका प्रमुख चुनौतीहरूमध्ये एकलाई समाधान गर्ने तथा व्यापारीहरूलाई रूपान्तरण दर र ग्राहक सन्तुष्टि बढाउन सहयोग गर्ने लक्ष्य राखेको छ ।

कम्पनीका अनुसार चेक आउट बाई फोनपे मार्फत ग्राहकहरूले व्यापारीको चेकआउट प्रक्रियामै सहज रूपमा भुक्तानी गर्न सक्नेछन्, जसले अनावश्यक चरणहरू हटाई अनलाइन भुक्तानीलाई अझ छिटो र सुविधाजनक बनाउँछ ।

साथै, यसले व्यापारीहरूलाई चेकआउट प्रक्रियामा हुने अवरोध घटाउन, सफल भुक्तानीको दर बढाउन तथा ग्राहकलाई अझ उत्कृष्ट अनुभव प्रदान गर्न मद्दत गर्दछ ।

हाल चेक आउट बाई फोनपे कृषि विकास बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, गरिमा विकास बैंक, कुमारी विकास बैंक, लक्ष्मी सनराइज बैंक, मञ्जुश्री फाइनान्स, मुक्तिनाथ विकास बैंक, नबिल बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) र सानिमा बैंकसहित ११ वटा वित्तीय संस्थाका मोबाइल बैंकिङ एपहरू मार्फत उपलब्ध छ । 

आगामी महिनाहरूमा थप बैंक, वित्तीय संस्था तथा व्यापारी प्लेटफर्महरूलाई पनि यस सेवामा आबद्ध गरिनेछ । यस अवसरमा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने, 'इ–कमर्सको विस्तारसँगै भुक्तानी प्रक्रिया पनि किनमेल अनुभवजत्तिकै सहज हुनुपर्छ । चेक आउट बाई फोनपे अनलाइन भुक्तानीमा हुने झन्झट हटाउन तयार गरिएको हो, जसले ग्राहकका लागि कारोबारलाई अझ छिटो र सहज बनाउनुका साथै व्यापारीहरूलाई उत्कृष्ट चेकआउट अनुभव प्रदान गर्न सहयोग गर्छ । छिटो डेलिभरीको पहिचान बनाएको फास्टोसँग यो समाधान सुरु गर्न पाउँदा हामी खुसी छौं, किनकि यसको अवधारणा पनि हाम्रो छिटो र सहज चेकआउट अनुभव प्रदान गर्ने लक्ष्यसँग मेल खान्छ ।'

पहिलो मर्चेन्ट एकीकरणका रूपमा चेक आउट बाई फोनपे अब फास्टो मा उपलब्ध छ, जसले ग्राहकहरूलाई अनलाइन अर्डर गर्दा अझ छिटो र सहज भुक्तानी अनुभव प्रदान गर्नेछ । कम्पनीका अनुसार अब ग्राहकहरूले चेकआउट प्रक्रियामै चेक आउट बाई फोनपे मार्फत सिधै भुक्तानी गर्न सक्नेछन्, जसले अनावश्यक अवरोध हटाई अर्डर गर्ने प्रक्रियालाई पहिलेभन्दा अझ छिटो बनाउनेछ ।

यस सेवाको सुरुवातको अवसरमा फोनपेले फास्टो सँगको सहकार्यमा 'ह्वाट द फास्ट!-फटाफट अर्डर फटाफट चेकआउट' नामक विशेष उपभोक्ता अभियान सञ्चालन गरेको छ । जुलाई ७ देखि जुलाई १३, २०२६ सम्म सञ्चालन हुने यस अभियानअन्तर्गत फास्टो मार्फत अर्डर गरी चेक आउट बाई फोनपे प्रयोग गरेर भुक्तानी गर्ने ग्राहकहरूले २० प्रतिशत क्यासब्याक (अधिकतम १ हजार रूपैयाँसम्म) प्राप्त गर्न सक्नेछन् ।

यस अभियानले ग्राहकहरूलाई फोनपेको नयाँ भुक्तानी समाधानको छिटो र सहज अनुभवसँगै आकर्षक क्यासब्याकको लाभ लिन प्रोत्साहित गर्नेछ । चेक आउट बाई फोनपेको सुरुवातले सुरक्षित, नवीन तथा ग्राहक–केन्द्रित भुक्तानी समाधानमार्फत नेपालको डिजिटल भुक्तानी प्रणालीलाई अझ सुदृढ बनाउने फोनपेको अभियानमा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ ।

आगामी दिनहरूमा यो सेवा थप बैंक, व्यापारी तथा डिजिटल प्लेटफर्महरूमा विस्तार हुँदै जाँदा अझ धेरै ग्राहकहरूले छिटो, सरल र सहज अनलाइन भुक्तानी अनुभव लिन सक्ने कम्पनीको भनाइ छ ।

डिजिटल पेमेन्ट

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटूपी रेमिट्यान्स सेवा सञ्चालन

काठमाडौं । नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (P2P) रेमिट्यान्स सेवा सुरु ग…

‘इसेवा ह्याकाथन २०२६' सौराहामा सम्पन्न, युवाहरूले देखाए नवप्रवर्तनको शक्ति

काठमाडौं । इसेवाले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालसँगको सहकार्यमा आयोजना गरेको आवासीय 'इसेवा ह्य…

खल्तीद्वारा आईएमई रेमिट प्रेजेन्ट्स ‘खल्ती इन्फ्लुएन्सर अवार्ड’को घोषणा

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले ‘आईएमई प्रेजेन्ट्स खल्ती इन्फ्लुएन्सर अवार्ड’को घोषणा गरेक…

खल्तीको ‘सुपरवालेट’ सुविधा सार्वजनिक, वालेटमै ब्याज पाइने

काठमाडौं । आइएमई खल्तीले आफ्ना सम्पूर्ण प्रयोगकर्ताका लागि ‘सुपरवालेट’ सुविधा सार्वजनिक गरेको छ ।…

सिटीपे र छिटो पैसा बीच ऐतिहासिक मर्जर अन्तिम चरणमा, वैशाख २ लाई माइग्रेसन डेट तोकियो

नेपालको फिनटेक क्षेत्रलाई थप सबल र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ सिटी वालेट प्रा. लि. (सिटीपे) र छिटो पैसा प्रा. लि. बिचको …

एससीटी र सिटी टेकबीच साझेदारी, एउटै पीओएसबाट बहु–कार्ड र स्मार्ट क्यूआर भुक्तानी सुविधा

नेपालको डिजिटल भुक्तानी क्षेत्रलाई अझ सुदृढ र आधुनिक बनाउने उद्देश्यले स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र सिटी टेक ग्रुप प्रा. ल…

१७ औँ वर्षमा प्रवेश गर्‍यो इसेवा, दृष्टिविहीनहरूका लागि आयो टकब्याक सुविधा

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा स्थापना तथा सेवा सञ्चालनको १७ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्सन…

माघ १ गतेदेखि सबै बिमा भुक्तानी विद्युतीय प्रणालीबाट गर्न प्राधिकरणको निर्देशन

नेपाल बिमा प्राधिकरणले माघ १ गतेदेखि सबै प्रकारका बिमा भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था मिलाउन …

एनसीएचएलको १७औँ वार्षिकोत्सव सम्पन्न, नयाँ प्रडक्ट पनि सार्वजनिक

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को १७औँ वार्षिकोत्सव सम्पन्न भएको छ । एनसीएचएलले मंगलबार राष्ट्र बैंकका डेपुटी गभर्नर ब…

एक वर्षमै इसेवाको आम्दानी २१ अर्ब, नाफा ४५ करोड, दक्षिण एशियामा फैलिने योजना

नेपालको अग्रणी डिजिटल वालेट इसेवाले आर्थिक वर्ष २०८१/८२ मा आम्दानी र खुद नाफा दुवैमा उल्लेखनीय वृद्धि गरेको छ।

फिनटेक प्लेटफर्म जुनोमा ग्लोबल इक्विटी फन्डको लगानी

फिनटेक प्लेटफर्म जुनो (पूल टेक्नोलोजीज प्रालि) मा ग्लोबल इक्विटी फन्डले रणनीतिक लगानी गरेको छ। ग्लोबल इक्विटी फन्डले व्यवस्थाप…

लेम्फी र ईसेवा मनी ट्रान्सफरबिच रेमिट्यान्स कारोबार गर्ने सम्झौता

लेम्फीको रूपमा व्यापार गर्ने राइटकार्ड पेमेन्ट सर्भिसेज लिमिटेडले नेपालमा रेमिट्यान्स सेवा सुरु गर्न  डिजिटल भुक्तानी प्लेटफर्…

दशैं तिहारमा वालेटबाट ४० पटकसम्म रकम जम्मा गर्न सकिने

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गर्ने डिजिटल वालेटमार्फत रकम जम्मा गर्ने सीमामा अस्थायी रूपमा वृद्धि गरेको…

मास्टर र भिसा कार्डबाट पनि अब सरकारी भुक्तानी गर्न सकिने, अन्तर्राष्ट्रिय अन्तरआबद्धता सुरु

अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) मा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अन्तर आबद्धता सुरु गरेको छ । बिहीबार अ…

फोनपे क्रेडिट कार्डबाट कारोबार गर्दा ५० प्रतिशतसम्म छुट

फोनपेले आफ्ना साझेदार बैंकहरू - सिटिजन्स इन्टरनेशनल बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक…